कलैया । पर्सा प्रहरीले २० लाख भन्दा बढीको सामान बुधबार भन्सार कार्यालयमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।
भारतबाट नेपाल भित्राउदै गरेको खाद्यान्न तथा औषधि सामान वीरगञ्ज १६ इनर्वा गाउँ तथा छप्कैयाको बाटो बाट सो सामान बरामद गरिएको हो।
बरामद सामान २० लाख ८१ हजार दुई सय २० रुपैयाँ बराबरको रहेको जनाइएको छ।

