घरेलु तथा साना उद्योग कार्यालय बाराको वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

संदिप प्रसाद यादव
1.7k पाठक संख्या

घरेलु तथा साना उद्योग कार्यालय बाराको वार्षिक प्रगति समिक्षा गोष्ठी कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

औद्योगिक लगानी र पूर्वाधार समृद्धिको बलियो आधार नाराका साथ उद्योगमा आउने समस्यालाई समाधान गर्ने र सुझाव सहित प्रगति समिक्षा गोष्ठी कलैया स्थित बरेवा दरबारमा कार्यक्रम सम्पन्न भएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख उद्योग अधिकृत धर्मेन्द्रलाल कर्णले वार्षिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए ।

घरेलु तथा साना उद्योग कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार विनियोजन बजेट आ.व २०७९/०८० मा ३ करोड ३३ लाख ८१ हजार र खर्च २ करोड ३२ लाख ८ हजार रहेको थियोे । आ. व. २०७९/०८० मा भएको खर्च तर्फ चालू तथा प्रशासनिक खर्च रु. १ करोड ४९ लाख २१ हजार रहेको छ भने,पुजिगततर्फ कार्यालयको जम्मा रु ८ करोड २८ लाख ७ हजार रहेको छ ।

कार्यालयले ब्युटी पार्लर,सिलाई कटाई,हाउस वाइरिङग,कम्प्युटर कोर्स,नेपाली गलैंचा,हाते कढाई बुनाई ,सीप बिकास तालिम,अगरबती बनाउने,बासको मुढा बनाउने जस्ता तालिम गराइएको घरेलु कार्यालयले जनाएको छ । हालसम्म उद्योग दर्ता १० हजार ६ सय र ३ सय ७८ उद्योग खारेज रहेको कर्णले बताएका छन् । आ. व २०७९÷०८० मा उद्योग दर्ता ८ सय ७९ र ५८ उद्योग खारेज रहेको छ।

घरेलु तथा साना उद्योग कार्यालय बाराले आ. व ०७९/०८० मा १ करोड २७ लाख ७८ हजार राजस्व संकलन गरेको छ। कार्यालयमा आ. व ०७९÷०८० मा १ देखि १० लाखमा २ सय ९४,११ देखि २० लाखमा ३ सय ६,२१ देखि ५० लाखमा २ सय ४६ ,५१ देखि १ करोडमा २४ र १ करोड भन्दा माथिमा ९ वटा उद्योग दर्ता रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय बारामा वाणिज्य दर्ता १२ हजार २ सय ७१ र वाणिज्य खारेज १ हजार २२ रहेका छन् ।

गोष्ठीमा उठेका जिज्ञासा र सुझावहरु मध्ये ३–३ महिनामा पसलहरुमा रहेका बिल बिजक चेक गर्नु साथै अनुगमन हुनु पर्ने,खुल्ला नाक्का सिमानाबाट समानहरु आउँदा ब्यपारीहरुलाई समस्य हुने उपभोक्ता हित संरक्षण मंच नेपाल बाराका अध्यक्ष अरुण खनालले बताएका छन् । सबै व्यवसायीहरुसंग कार्यक्रम सञ्चालन गर्दा एक अर्कासंग मेल खाने विषयगत रूपमा अझ प्रगाढ तथा यो भन्दा नजिक रहेर समन्वय र सहकार्य गर्ने वातावरण सृजना भएको थियोे ।

उद्योगीहरुले तालिम लिई सकेपछि उद्योग गरे/नगरेको अनुगमन हुनु पर्ने ,विद्युतको समस्या,फर्निचर उद्योगको लागि काठको समस्या, वनले काठ बेच्दा टेन्डर मार्फत ठूलो उद्योगीहरु लाई दिने र सानो उद्योगीको पहुँच नपुग्ने निर्माण व्यवसायी संघ बाराका अध्यक्ष राजेन्द्र यादवले बताए ।

उद्योग अनुगमनमा व्यापक जोड दिई उद्योगीहरुको समस्याको तथ्यांक संकलन गरि विभाग र मन्त्रालय मार्फत सरकार पेश गर्ने र कृषि तथा वन पदैवार मुलक उद्योगहरुमा आकर्षक बढाउन अरगेनिक खेती र कम्पोस्ट मल बनाउने सम्बन्धि तालिम संचालन गर्ने भावी योजना रहेको घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख उद्योग अधिकृत धर्मेन्द्रलाल कर्णले बताएका छन् ।

उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह, जीतपुर सिमराका अध्यक्ष मोहन शर्मा,निजगढका अध्यक्ष दिपेन्द्र श्रेष्ठ,प्रसौनीका अध्यक्ष तुलसी साह, सिम्रौनगढका अध्यक्ष लालबाबु कुशवाहा, कोल्हवीका अध्यक्ष लक्ष्मी प्रसाद साह, बरियारपुरका अध्यक्ष विजय स्वर्णकार,लघु घरेलु तथा साना उद्योग महासंघ कलैयाका अध्यक्ष इमरान इराकी,महिला उधमी संघ बाराका अध्यक्ष किस्नाउती देवी,ब्युटी पार्लर संघ बाराका अध्यक्ष शोभा सरार्फ, इटा उधोगी व्यवसायी संघ बाराका अध्यक्ष ओम प्रकाश यादव,माछा व्यवसायी संघ बाराका अध्यक्ष बिरेन्द्र चौधरी,निर्माण व्यवसायी संघ बाराका अध्यक्ष राजेन्द्र यादव,उपभोक्ता हित संरक्षण मंच नेपाल बाराका अध्यक्ष अरुण खनाल,त्रशर उधोग संघ बाराका अध्यक्ष उद्र्व चौलागाईं, होटेल व्यवसायी संघ कलैयाका अध्यक्ष ,घरेलु तथा साना उद्योग कार्यालय बाराका नायब सुब्बा अमोद कुमार यादव,कम्प्युटर अपरेटर उपेन्द्र यादव र उधोगीहरु लगायतको उपस्थिती रहेको थियो ।

Leave a review