बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

साझेदारी डेलि
178 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित तिन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति करिब ११ बजे हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको बा प्र ०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए।

दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–१ मा बस्ने मेखबहादुर मगरका अन्दाजी ३५ वर्षीय छोरा योगेन्द्र मगर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाइते मगरलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएकोमा राति ११ः५० बजे उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

उनका अनुसार दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्री र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा खटिएको टोलीले ट्रक र चालक जीतपुरसिमरा उपमहानगरपालिका–२१ का ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता घलेले जानकारी दिए ।

Leave a review