मजदुर युनियनद्वारा आयोजित रक्तदानमा तीस जनाले गरे रक्तदान

संदिप प्रसाद यादव
443 पाठक संख्या

नेपाल बिजुली,पेन्टर,प्लम्बर,तथा निर्माण मजदुर युनियनको कलैया उपमहानगर कमिटीद्वारा रक्तदान कार्यक्रम गरिएको छ ।

बाराको कलैया उपमहानगरपालिका –२१ भोडहामा रहेको वार्ड कार्यालय भवनको प्राङ्गणमा शनिबार आयोजित सो कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।

सो कार्यक्रममा ४ महिला तथा २६ पुरुषले रक्तदान गरेका छन् ।

नेपाल बिजुली,पेन्टर,प्लम्बर,तथा निर्माण मजदुर युनियन कलैया उपमहानगर कमिटीको चौथो वार्षिकोत्सबको अवसरमा उक्त रक्तदान शिविर कार्यक्रम भएको हो ।

सो कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरपालिका का पुर्व नगर प्रमुख एवम् नेपाल कांग्रेस पार्टी बाराका सभापति राजेश राय यादव रहेका थिए । उनले रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।

नेपाल बिजुली,पेन्टर,प्लम्बर,तथा निर्माण मजदुर युनियन संस्थाका अध्यक्ष धनेश्वर प्रसाद कुशवाहाको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा क्मुपेक नेपालका केन्द्रिय उपाध्यक्ष मान बहादुर वि.क,सदस्य प्रदिप शिवाकोटी,नोरमणी पोखरेल,कलैया उपमहानगरपालिका वार्ड नम्बर –२१ का वार्ड अध्यक्ष शिवबिहारी चौधरी,पुर्व वार्ड अध्यक्ष पुनदेव प्रसाद रौनियार,२२ का वार्ड अध्यक्ष लालबाबु प्रसाद यादव,क्मुपेक नेपाल बाराका अध्यक्ष सिंह बहादुर श्रेष्ठ,२१ का वार्ड सदस्य सियाराम प्रसाद यादव,सुगालाल साह,२२ का वार्ड सदस्य महेश भगत,बासदेव साह,नेपाल तरुण दल बाराका सभापति दिपेन्द्र पटेल,नेपाली कांग्रेस बारा क्षेत्र नंबर ३ ख का सचिव नजीर अन्सारी र विभिन्न संघ संस्थाका प्रतिनिधि,पार्टीका प्रतिनिधिहरु लगायतकाको सो कार्यक्रममा उपस्थिति रहेको थियोे ।

सो कार्यक्रमको सन्चालन रामलखन प्रसाद यादवले गरेका थिए ।

Leave a review

This will close in 0 seconds