कलैया सिटी जेसीजद्वारा अस्पतालका ४५ बिरामीलाई फलफूल वितरण, रामजानकी मठमा वृक्षरोपण

साझेदारी डेलि
55 पाठक संख्या

कलैया । कलैया सिटी जेसीजले जेसीज सप्ताहअन्तर्गत दोस्रो दिन प्रादेशिक अस्पताल कलैयाका ४५ जना बिरामीलाई फलफूल वितरण गरेको छ।

बाराको कलैया उपमहानगरपालिका–६ स्थित प्रादेशिक अस्पताल कलैयामा आइतबार आयोजित कार्यक्रममा आपत्कालीन, आईसीयू, गर्भवती, जनरल तथा अपरेशन वार्डमा उपचाररत ४५ जना बिरामीलाई फलफूल वितरण गरिएको कार्यक्रम संयोजक आकाश कुमार गुप्ताले जानकारी दिए।

कलैया सिटी जेसीज सन् २०२६ का अध्यक्ष सन्दीप कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रादेशिक अस्पताल कलैयाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राहुल मण्डल प्रमुख अतिथि रहेका थिए।

यस्तै, जेसीज सप्ताहअन्तर्गत दोस्रो दिन नै कलैया उपमहानगरपालिका–४ स्थित रामजानकी मठमा वृक्षरोपणसमेत गरिएको छ। कार्यक्रम संयोजक सतेन्द्र गुप्ताका अनुसार मठ परिसरमा आप, लिची, कटहर, जामुन, बेल, आवरा र समीका गरी १२ वटा बिरुवा रोपिएको हो।

उक्त कार्यक्रममा कलैया सिटी जेसीजका सन् २०२६ का महासचिव सञ्जय कुशवाहा महतो,सन् २०२५ का पूर्वअध्यक्ष ओमप्रकाश सर्राफ, उपाध्यक्ष राजेश पण्डित ,धर्मेन्द्र यादव, सतेन्द्र गुप्ता, भोला साहलगायत बोर्डका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

त्यसैगरी असोज १२ गते सोमबार कलैया उपमहानगरपालिका–१५ स्थित महावीर आधारभूत विद्यालयमा खेलकुद सामग्री वितरण कार्यक्रम रहेको संयोजक आदिल अन्सारीले जानकारी दिएका छन्।

Leave a review