नेपाल प्रेस यूनियन जिल्ला कार्यसमिति बाराको बैठक शनिवार कलैयामा सम्पन्न भएको छ ।
यूनियन शाखाका अध्यक्ष श्यामबावु प्रसाद यादवको अध्यक्षतामा कलैया स्थित यूनियनको कार्यालयमा सम्पन्न वैठकले विभिन्न प्रस्तावहरुमा छलफल गरि निणर्य गरेको छ।
बैठकले यूनियनको बार्षिक साधारणसभा यही माघ ८ गते जिल्लाको ऐतिहासिक सिम्रौनगढको झरोखर पोखरीमा गर्ने निणर्य भएको सचिव सजिर मन्सुरले बताएका छन ।
यस्तै नेपाली काँग्रेसको १४ औ महाधिवेनमा महाधिवेशन तथा क्षेत्रिय अधिवेशनमा निर्वाचित सदस्यहरुलाई सम्मान गर्ने र यूनियनको नया सदस्यताका लागि आवेदन खुला गर्ने निर्णय भएको अध्यक्ष यादवले जानकारी दिए ।
प्रेस यूनियन जिल्ला कार्यसमिति बाराको बैठक सम्पन्न, माघ ८ गते जिल्लाको ऐतिहासिक सिम्रौनगढमा साधारणसभा गर्ने
Leave a review
Leave a review

