वीरगन्जको मुख्य सडक बिस्तार गर्दा एक हजार भन्दा बढी घर भत्किने

राम मण्डल
1k पाठक संख्या

वीरगन्ज : लामो समयदेखी विवादका कारण रोकिएको वीरगन्जको मुख्य सडक बिस्तार कार्य अब शुरु हुने भएको छ । सो सडक विस्तार गर्दा एक हजार भन्दा बढी घर भत्काउनु पर्ने अनुमान गरिएको छ।

गण्डक चोकदेखि मितेरी पुलसम्म मुख्य सडक बिस्तार गर्दा एक हजारदेखि १२ सय घर भत्काउनु पर्ने अनुमान रहेको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।

मुख्य सडक बिस्तारको लागि दायाँबायाँ २५/२५ मिटर भत्काउदा एक हजारदेखि १२ सय घरहरु भत्काउनु पर्ने वीरगन्ज पथलैया ब्यापारिक मार्ग बिस्तार आयोजनाका इन्जिनियर रन्जित साहले जानकारी दिएका छन । उनका अनुसार उक्त मात्रामा घरहरू भत्काउनु पर्ने र यसका लागि नापी कार्यालय पर्सालाइ पत्रसमेत पठाइएको छ ।

लामो समयदेखि सडक बिस्तारको पर्खाइमा रहेको उक्त सडक बिस्तारको लागि कानुनी बाधा लगभग समाप्त भएसंगै अब सडक विस्तार हुने भएको हो । सडक बिस्तारको बारेमा सर्बोच्च अदालतमा परेको मुद्दा गत फागुन २८ गते खारेज भएको थियोे ।

त्रिभुवन राजपथ अन्तर्गत बाराको पथलैयादेखि पर्साको गण्डकसम्म ६ लेन सडक निर्माण गर्न त्रिभुवन राजपथको अधिकार क्षेत्रभित्र सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५/२५ मिटर विस्तार गरिसकेको छ।

अब गण्डकदेखि मितेरी पुलसम्मको सडक बिस्तार भएपछि व्यापारिक मार्ग विस्तार आयोजना पूरा हुने इन्जिनियर साहको बताए । सडक बिस्तार नहुदा वीरगन्जमा दैनिक सवारी जामको समस्या रहदै आएको छ । सडक बिस्तार भएपछि जामको समस्या समाधान हुने बिश्वास गरिएको छ ।

Leave a review

This will close in 0 seconds