बारा : बाराको महागढीमाई नगरपालिका १ स्थित गढीमाई मन्दिरमा जारी विश्व प्रसिद्ध श्री गढीमाई पञ्चबर्षिय मेलामा चोरी गर्नकका लागि हजारौको संख्यामा पाकेट मारहरु आएका छन्।
उनीहरु भारतको विभिन्न स्थानबाट चोरी गर्ने मेलामा आएका हुन्। चारपांग्रे सवारी साधन सहित जिल्लाको विभिन्न नाका बाट पाकेटमारहरु गढीमाई मेलामा प्रवेश गरेको स्रोतले जनाएको छ।
उनीहरु मेला भन्दा एक/डेढ किलो मिटर पर आश्रयस्थल बनाएर बसेका छन्। अत्याधिक भिडभाडको फाईदा उठाउदै उनीहरु मेला भर्न आएका भक्तजनहरुको पैसा,मोबाईल र गहनाहरु लुटपाट गर्छ।
पाकेटमारहरु जबरजस्ती जिउमा टासिने,पकेटमा भएको पैसा र मोबाईल चोरी गर्ने गरेको एक प्रत्यक्षदर्शीले बताए। कम उमेरका पाकेटमारहरु बढी चोरी गर्ने गरेका छन्।
पाकेटमारहरुले समूह बनाएर पाकेट मार्ने गर्छन्। उनीहरुले राम्रो मान्छेलाई नै पाकेट मार भनेर कुटपिट गर्ने गरेको घटना समेत हुने गरेको छ।
यता मेलामा हुने चोरी तथा लुटपाटलाई दृष्टिगत गरी मन्दिरमा सिसि टिभी कैमरा जडान गरिएको छ । मेलामा आउने दर्शनार्थी तथा भक्तजनहरुको लागि ठुलो संख्यामा नेपाल प्रहरी,सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बालबालिका,अशक्त ,वृद्धवृद्धालाई मेलामा लिएर नआउन तथा महिलाहरुलाई बहुमूल्य गरगहना लिएर नआउनका लागि स्थानीय प्रशासनले आग्रह गरेको छ ।


