बारा प्रहरीले लाखौं मूल्यको अवैध काठ बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा शनिबार ईलाका प्रहरी कार्यालय बारागढी र वन कार्यालय कोल्हवीबाट खटिएका संयुक्त टोलीले विभिन्न स्थानमा लुकाई छिपाई राखिएको अन्दाजी मूल्य पाँच लाख २० हजार दुई सय ६० रूपैयाँ बराबरको अबैध काठ बरामद गरेको हो ।
प्रहरीले बाराको बारागढी गाँउपालिका वडा नम्बर १ बुधगाईस्थित बारीबाट सिसौ प्रजातिको २४.९४ क्यू.फिटको काठ ५ वटा अन्दाजी मूल्य पाँच लाख २४ हजार सात सय रुपैयाँ बराबरको अवैध काठ बरामद गरेको छ ।
त्यस्तै पचरौता नगरपालिका वडा नम्बर ८ लङगडा चोक स्थित फर्निचरबाट सालको काठ १६.४४ क्यु.फिटको काठ ४८ वटा र सिसौ प्रजातिको ३७.७२ क्यु.फिटको १ सय १ वटा गरी अन्दाजी मुल्य रू.३ लाख ९५ हजार २ सय ५० रूपैया बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।
अबैध काठ बरामद गरी आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

