बारा प्रहरीले बालुवा सहित दुई ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरी टोलिले मंगलवार बाराको आदर्शकोतवाल गाँउपालिका वडा नं.६ पटेर्वा स्थित मौलापुरबाट सिम्रौनगढतर्फ जाँदै गरेको ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा ट्याक्टरको कुनै पनि आधिकारिक पत्र तथा सिफारिस नभएकोले उक्त ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले बालुवा लोड सहित ना ७ त ६१७० र ना ५ त १२२२ नम्बरको दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
बालुवा सहित दुबै ट्रयाक्टरलाई नियन्त्रणमा लिई आवश्यक तथा कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको प्रवक्ता न्यौपानेले बताए ।

