निजगढकी अनु महिला फुटबल टोलीको यु १७ मा समावेश

साझेदारी दैनिक
301 पाठक संख्या

निजगढ : नवराज चौलागाईं/ बाराको निजगढकी अनु माझी १७ वर्ष मुनिको नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा समावेश भएकी छिन ।

अखिल नेपाल फुटबल संघ एन्फाले आईतबार सार्वजनिक गरेको २३ सदस्यीय टोलीमा निजगढ फुटबल क्लबकी उत्पादन अनु समावेश भएकी हुन ।

उक्त टोलीले भुटानमा संचालन हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ का लागि प्रतिस्पर्धा गर्नेछ । अण्डर १७ टोलि छनोटको लागि एन्फाले देशव्यापी खुल्ला छनोटको आयोजना गरेको थियो । आगामी अगस्ट २० देखि ३१ सम्म संचालन हुने प्रतियोगितामा नेपाल सहित आयोजक भुटान, भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगीताको उद्घाटन खेलमा नेपालले अगस्ट २० मा भारतसँग प्रतिस्पर्धा गर्नेछ । निजगढ फुटबल क्लबले निरन्तर रुपमा संचालन गरिरहेको नियमित प्रशिक्षणको परिणाम स्वरुप विभिन्न उमेर समूह हुँदै सिनियर राष्ट्रिय टोलीमा समेत खेलाडीहरुको सहभागिता गराउन सफल भएको निजगढ फुटबल क्लबका प्रशिक्षक सन्तोष गुरुङले बताए ।

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड समीर तामाङ, यु २० महिला फुटबल टोलीकी गोलरक्षक करुण बुढाथोकी सहित यसअघि यु १७ नेपाली महिला फुटबल टोलिबाट खेलिसकेकि दिलमाया घिसिङ र यु १६ नेपाली फुटबल टोलीबाट खेलेका समीर माझी निजगढ फुटबल क्लबका उत्पादन हुन । नेपाली महिला टोलीमा गोलरक्षक झरना डुम्राकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ छन । डिफेन्स

अनु माझी, ग्यान्शु डोल्मा लो, दीक्षा रायमाझी, सम्झना चन्द, एलिजा कुमारी विश्वकर्मा, पुर्णिमा तादी, मीन माया श्रेष्ठ र अंशु विश्वकर्मा छन। यसैगरी मिडफिल्डर दिकि स्याङ्बो तामाङ, कृतिषा तामाङ, रबिना विश्वकर्मा र सहारा लिम्बू छन भने विङ्गर बबिता कार्की, भुमिका बुढाथोकी, आशिका कार्की र सृजना बडुवाल फरवार्ड अस्मिता मगर, यम कुमारी विश्वकर्मा, अनिता राना मगर र दीक्षा नेपाल रहेकी छिन ।

Leave a review

This will close in 0 seconds