सिम्रौनगढ नगरपालिकामा लगाईएको तालबन्दी खुल्यो

साझेदारी दैनिक
469 पाठक संख्या

बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा लगाईएको तालबन्दी बुधवार सहमति पछि खुलाईएको छ ।

नगरपालिकाको कार्यालयमा कार्यरत अस्थायी तथा ज्यालादारी कर्मचारीहरुले म्याद थप गर्ने सम्बन्धी विषयको माग राख्दै आन्दोलन सहित तालाबन्दी समेत गरेका थिए । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको रोहवरमा पाँच बुदेँ सहमति भएपछि आन्दोलनरत पक्षले तालाबन्दी खोलिएको छ ।

प्रमुख जिल्ला अधिकारी सपाकोटा, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटी सहित नगरप्रमुख किशोरी प्रसाद कलवार सहितको वडाअध्यक्ष समेतको बार्ताबाट सहमति सहित तालाबन्दी खोल्ने निणर्य भएको हो ।

सहमति अनुसार नगरपालिकामा अस्थायी तथा ज्यालादारीहरुको हकमा स्थायी कर्मचारीहरु नआएसम्मका लागि नगरपालिकालाई प्राप्त हुने शशर्त अनुदान रकम बाट तलब भत्ता खुवाउने गरि निरन्तरता दिने निणर्य भएको छ ।

नगरपालिकाले अस्थायी तथा ज्यालादारीहरुलाई अवधि सकिएपछि हटाउने निणर्य गरेपछि अस्थायी तथा ज्यालाजारीमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।

Leave a review

This will close in 0 seconds