पर्सा बाराका किसानहरु मलको अभावसँगै सिँचाईको समस्या झेल्दै छन् । गहुँ खेती गरेका किसानहरु अहिले मलको जोहोमा छन् ।
सिँचाईको लागि पनि पैसा तिर्नु परेको किसानहरुको भनाई छ । गहुँ खेती गरेका किसानहरु गहुँ छरेको २१ दिनपछि पानी हालेर युरिया मल हाल्नुपर्ने हुन्छ ।
सिँचाई गरिसकेका किसानहरुले युरिया मल पाएका छैनन् ।मल नपाउदा किसानहरु खेतमा भएको पानी सुक्ने चिन्तामा किसान छन् । सिँचाईको पर्याप्त सुबिधा नभएकोले गहुँ खेती गरेका किसानहरु चर्को मूल्य तिरेर दमकलबाट गहुँ खेतमा पानी हालिरहेका बताएका छन् ।
गहुँ बालीमा अहिले पर्सा बारामा दमकलको माध्यमले किसानहरुले सिँचाई गरेका छन र्। प्रति घण्टा रु पाँच सयको दरले दमकलको रकम तिर्नुपरेको किसानहरुको गुनासो छ । एक घण्टामा जति सिँचाई गरेपनि घण्टाको पाँच सय रुपैया दमकललाई तिर्नु पर्ने हुन्छ ।
मल समयमा नपाउदा खेतमा हाल्न नपाएका किसानहरुले ढिलो गरि मल पाउदा फेरि सिँचाई गर्नु पर्ने अवस्था रहेको छ ।
अहिले आप्mनो खेतमा २० दिन भन्दा बढी सिँचाई गरेको भएपनि युरिया मल नपाउदा मल पाएको खण्डमा फेरि सिँचाई गर्नुपर्ने चिन्ता लागेको बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीका किसान हरिन्द्रदास तत्वाले साझेदारी दैनिकलाई बताए ।उनले गहुँ छरेको २१ दिनपछि प्रति घण्टा पाँच सय तिरेर सिँचाई गरेको जनाए ।
अहिलेसम्म मल नपाएकोले खेतको पानी सुक्ने डर भएको बताए । युरिया मलको लागि डिलरदेखि वडाध्यक्ष जनप्रतिनिधि लगायतकोमा धाएको उनले जनाए । मल नपाएपछि आफु बाध्य भएर भारतको रक्सौल मलको लागि जान लागेको उनको भनाई छ ।
तर मल प्रहरीले खोसि लिने भन्ने डर भएको पनि उनको भनाई छ ।नेपालमा तीन तहको सरकार भएपनि कसैले पनि किसानको लागि नसोच्ने गरेको उनले जनाए । कृषि प्रधान देशमा किसानहरु सिँचाई र मलको लागि भौतारिनु पर्ने अवस्था रहेको तत्वाले बताए ।
मल उपल्बध गराउदै आएको कृषि सामाग्री कम्पनी लिमटिेडको प्रादेशिक कार्यालय वीरगञ्जले भने मल आईसकेकोले बितरण चाँडै गरिने जनाएको छ ।
मल कार्यालयमा आईसकेको र कोटा पनि आउन लागेको सो कार्यालयले जनाएको छ । सम्भवत मँगलबारदेखि सहकारीहरुलाई मल बितरण गरिने कार्यालयका प्रमुख दुर्गा प्रसादपाण्डे बताए ।


