बन्दको पुर्वसन्ध्यामा सर्वदलीय आन्दोलन समितिद्धारा कलैयामा मसाल जुलुस, बुधवार कलैया बजार बन्द गर्ने

संदिप प्रसाद यादव
388 पाठक संख्या

सर्वदलीय आन्दोलन समिति बाराको नेतृत्वमा बन्दको पूर्व सन्ध्यामा मंगलवार साँझ कलैयाको भरत चौकमा मसाल जुलुस प्रर्दशन गरिएको छ ।

प्रहरीको दमन विरुद्ध बाराको कलैयामा सातौं दिन विभिन्न राजनीतिक दलहरुले बुधबार बन्दको पूर्व सन्ध्यामा मंगलवार मसाल जुुलुस प्रदर्शन गरेको हो । कलैयास्थित रामजानकी मन्दिरबाट निकालिएको मसाल जुलुस कलैया नगरको विभिन्न भागको परिक्रममा गर्दै मुख्य चौकमा सडक अवरुद्ध तथा कोणसभा समेत गरेका थिए ।

नेपाली कांग्रेस जिल्ला सचिव भैयाराम यादव र नेकपा एसका उपसचिव ध्रुव यादवलाई गत मंगलबार जिल्ला प्रहरी कार्यालय भित्रै प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहलगायतले निर्घात कुटपिट गरी घाइते बनाएर केही घण्टा नियन्त्रणमा लिइएको विषयलाई लिएर सर्वदलीय आन्दोलन समिति बाराले कलैयाको भरत चौकमा प्रहरी विरुद्ध मसाल जुलुस प्रर्दशन गरेको हो ।

मंगलवार दिउँसो बसेको सर्वदलिय वैठकले बुधबार पनि विरोधका कार्यक्रम गर्ने निणर्य गरेको हो । डिएसपी पुरुषोतम पाण्डे र प्रहरी निरिक्षक रुपेश साह सहित घटनामा संलग्न दोषी प्रहरीलाई निलम्वनसहित कारबाही नगरेसम्म आन्दोलन जारी रहने नेपाली काँग्रेस बाराका उपसभापति मनोज भट्टले बताए ।

आन्दोलनकारीहरुले कलैयाको मुख्य भरत चोकमा सात दिनदेखी टायर बाली प्रर्दशन गर्दै आएपनि घटना भएको एकसात हुन लागेपनि प्रमुख जिल्ला अधिकारी बिवाद अन्त्यका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । मधेश प्रदेश प्रहरीले छानविन समिति गठन गरेपनि नाम सार्वजनिक नगरेको र बार्ता सम्वादका लागि पहल नगरेकाले आन्दोलन जारी राख्न बाध्य हुदै आएको नेपाली कांग्रेसका बारा जिल्ला सचिव राजेश रौनियारले बताए ।

प्रहरी दमन विरुद्धको आन्दोलन अन्तरगत विरोध कार्यक्रम जारी रहने र भोलि सदरमुकाम कलैयास्थित बजार,यातायात लगायतका सवारी साधनहरु बन्द गरी सहयोग गर्न नेपाली काँग्रेस बाराका उपसभापति मनोज भट्टले आग्रह गरेका छन् ।

साथै बन्द अवधिमा औषधी पसल,कच्चा पदार्थ, एम्बुलेन्स, बारुणयन्त्र, प्राधिकरण, कुटनीतिक नियोग, मानवअधिकार, प्रेस, स्कूल क्याम्पस बस, दुध, पानीको गाडी निर्वाध रुपमा संचालन हुने नेपाली काँग्रेस बाराका उपसभापति भट्टले जानकारी दिए ।

उक्त मसाल जुलुसमा नेपाली काँग्रेस,जसपा पार्टी,नेकपा एस,माओवादी,नागरिक उन्मुक्ति,जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु लगायतको सहभागी रहेको थिए ।

Leave a review