बसले ठक्कर दिँदा ट्राफिक प्रहरी जवानको घटनास्थलमै मृत्यु

साझेदारी दैनिक
374 पाठक संख्या

बाराको जितपुरसिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान यादवको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौँबाट काँकडभिट्टा गइरहेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको हो ।

मृतक ट्राफिक प्रहरी जवान यादव पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेका हो ।

शुक्रवार राति ड्युटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

सवारी चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो । प्रहरी जवान यादवलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ ।

Leave a review