लागू औषध ब्राउन सुगरसहित युवक पक्राउ

साझेदारी दैनिक
476 पाठक संख्या

कलैया : बारा प्रहरीले विशेष सूचनाका आधारमा एक युवकलाई लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ रेलवे लाइन टोलका कृष्ण राउत कुर्मीका छोरा सरोज कुमार कुर्मीलाई बिहीबार इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा नियन्त्रणमा लिएको हो।

कुर्मीको घरमा ब्राउन सुगरको कारोबार भइरहेको तथा लुकाइ राखिएको २.०४ ग्राम ब्राउन सुगर र तौल मापन गर्ने सानो डिजिटल तराजु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिए ।

पक्राउ परेका कुर्मीलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पण्डितले बताए ।

Leave a review

This will close in 0 seconds