नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला उपसचिव ध्रुव यादवलाई प्रहरीले कुटपिटको बिरोध गर्दै विभिन्न राजनीतिक दलले आठ दिन देखि गरेको आन्दोलन फिर्ता लिएका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा बुधबार बसेको बैठकले चार बुद्धे सहमति भए पछी आन्दोलन फिर्ता लिएका हुन ।
सहमति अनुसार प्रहरी नायब उपरिक्षक डिएसपी पुरुषोतम प्रसाद पाण्डे र प्रहरी निरिक्षक रुपेश साह दुवै प्रहरीले पिडितसंग माफी माग्ने,दुई वर्षसम्म गणमा राख्ने गरी सरुवा व्यवस्थापन एक हप्ता भित्र गरि सक्ने गरी निर्णय हुन प्रहरी प्रधान कार्यालयमा लेखी पठाउने,पिडितको उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने गरी माग गृह मन्त्रालयमा लेखी पठाउने र आन्दोलनका कार्यक्रम फिर्ता लिने गरी चार बुद्धे सहमति भएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।
एक हप्ता भन्दा अघिबाट जुलुस तथा आन्दोलन गर्दै आएपनि माग पुरा नभएपछि मंगलबार साझ मसाल जुलुस र बुधबार कलैया ठप्प गरिएको थियो ।
बुधबार बसेको बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी,सशस्त्र प्रहरी बाराका प्रमुख टोप बहादुर डाँगी,रास्ट्रिय अनुसन्धान उप-निर्देशक बाराका प्रमुख अभिनय कुमार सिंह,प्रहरी मधेस प्रदेश कार्यालय जनकपुरधामका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेल,ज्वाला दल गण बाराका प्रमुख सेनानी भुपेन्द्र गोदार,नेपाली काग्रेस बाराका उपसभापति मनोज भट्ट,पुर्व संविधान सभा सदस्य प्रमोद गुप्ता,महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव,जसपा पार्टीका केन्द्रिय सदस्य पारस प्रसाद साह,नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला उपसचिव ध्रुव यादव,नेपाली कांग्रेसका सचिव राजेश रौनियार,समाजसेवी जंग बहादुर यादव,नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष मुकेश साह तथा सन्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।
डाक्टरको टिमले ढाडको स्पाईन डिस्क नै ब्रेक भएकोले अवस्था झन झन बिग्रिदै जादा यादवले भारतको दिल्ली स्थित मेदन्ता हस्पिटलमा स्पाईनको उपचार गराई रहेका छन ।

