कलैया वितरण केन्द्र डुबानमा परेपछि विद्युत आपूर्ति अवरुद्ध

साझेदारी दैनिक
261 पाठक संख्या

कलैया । लगातार अविरल वर्षाका कारण नेपाल विद्युत प्राधिकरण अन्तर्गतको कलैया वितरण केन्द्रमा रहेको सबस्टेसन डुबानमा परेको छ।

सबस्टेसनभित्रका ब्रेकर, स्वीचयार्ड लगायतका उपकरण पानीमा डुबेकाले विद्युत आपूर्ति अवरुद्ध भएको कलैया वितरण केन्द्रले जनाएको छ।

सबस्टेसनभित्रको पानीको स्तर नघटेसम्म विद्युत सेवा सुचारु गर्न नसकिने केन्द्रले जनाएको हो । केन्द्रका अनुसार पानी निकास भएपछि तत्काल मर्मत कार्य अगाडि बढाई यथाशीघ्र विद्युत सञ्चालन गरिने छ ।

Leave a review

This will close in 0 seconds