जीतपुरमा प्रहरीकै मिलामतोमा दैनिक रुपमा करोडौँ मुल्यपर्ने मालसमान भित्रिदैँ

साझेदारी दैनिक
837 पाठक संख्या

साझेदारी सवाददाता/

बाराको जीतपुरमा प्रहरीकै मिलामतोमा दैनिक रुपमा करोडौँ मुल्यपर्ने मालसमान भित्रिरहेका छन् ।

प्रहरीलाई मासिक रुपमा लाखौँ रुपैया नजराना बुझाएर प्रहरीकै सामुन्नेबाट दैनिक रुपमा मालसमान भित्रिरहेपनि प्रहरी मुखदर्शक बनेको स्थानीयको आरोप छ ।

ईलाका प्रहरी कार्यालय जीतपुर,ईलाका प्रहरी कार्यालय सिमरा र सशस्त्र सुरक्षा बेस क्याम्प बकुलियाको मिलामतोमा मालसमान भित्रिरहेको स्वयम तस्करहरु नै बताउँछन् ।

बिहान देखि दिउँसोसम्म तस्करले मालसमान ओसारीरहेको पाईएपनि प्रहरी कानमा तेल हालेर सुतिरहेको पाईएको छ ।

दैनिक वा मासिक रकम नबुझाउँने तस्करको मालसमान पक्राउ गरेर बहादुरी देखाउँने तर नजरना बुझाएर करोडौँको मुल्य पर्ने मालसमान भित्रि रहेपनि प्रहरी यस बिषयमा बेखबर रहेको प्रत्यक्षदर्शी ब्यपारीहरु बताउँछन् ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्र्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्री,सशस्त्र सुरक्षा बेस क्याम्प बकुलियाको प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक जनकजंग भण्डारी र ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरिक्षक रमण पण्डितसँग यस बिषयमा बुझदा अनभिज्ञता प्रकट गरे ।

ईलाका प्रहरी कार्यालय कार्यालय जीतपुर र ईलाका प्रहरी कार्यालय सिमराका घुमुवा(सादा पोसाकका प्रहरी ) बिहान देखि रातीसम्म बजारमै डेरा जमाएर तस्करसँगै हाँसखेल गरि बसिरहेको पाईन्छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफलेसँग यस बिषयमा बुझदा आफुले पनि तराईमा भन्सार छलीका मालसमानहरु भित्रिन्छ भन्ने कुरा सुनेको बताए ।

आफु बारा आउँने बित्तिकै जीतपुरसिमरा उपमहानगर क्षेत्रबाटै भन्सार छलीका करोडौँको मालसमान ट्रक सहितको नियन्त्रणमा लिएको सुनाए । बारा जिल्लामा आफु नयाँ नयाँ आएकाले जिल्लाको गतिबिधिको बिषयमा बुझने क्रममा रहेको जानकारी दिए ।

तस्करीको घट्नामा प्रहरीको संलग्नता देखियो भने जुनसुकै पदका प्रहरी भएपनि आफुले कार्बाही गर्ने बताए । त्यस्तै सशस्त्र प्रहरी १२ नम्बर गण हेडक्वाटर बाराका प्रमुख सशस्त्र प्रहरी उपरिक्षकरुपमा प्रस्तुत भएर कार्बाही गर्ने भनेपछि भागेको बताए । जीतपुरमा भित्रिने मालसमानमा खाद्यन्न,कपडा ,हार्डवेयर,जुत्ताचप्पल लगायतका सामग्रीहरु रहेका छन् ।

तस्करहरुले मोटसाईकल,टेम्पो,मयुरी लगायतका साना सवारी साधनको प्रयोग गरेर जीतपुर बजारमा सामान ल्याउँने गरेका छन् । जीतपुर बजारमा राजश्व कार्यालयबाट अनुगमन आउँदा प्राय.जीतपुर बजारका ब्यापारिहरु सटर बन्द गरेर भाग्ने गरेका छन् ।

जीतपुर बजारमा नाम चलेका नामुद तस्करहरु २०।२० जनाको ग्रुपमा भारतबाट भन्सार छलेका सामानहरु लिएर निर्बाध रुपमा आउँने गरेका छन् ।

Leave a review

This will close in 0 seconds