हराएकी बालिकाको प्रहरीद्धारा उद्धार

सन्तोष पाण्डे
435 पाठक संख्या

बारा प्रहरीले कलैयाबाट हराईरहेकी तीन वर्षकी बालिकालाई प्रहरीले ३ घण्टा भित्र फेला पारी उद्दार गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर २ कवलपुरका श्यामबाबु यादवकी छोरी तीन वर्षिया छोरी रागिनी यादव सोमबार बिहान १० बजेतिर कलैया बजारबाट हराएकी थिइन् ।

उद्धार गरिएकी बालिकालाई उनकी आमा चिन्ता देवी यादवलाई जिम्मा लगाएर पठाइएकोे बाराका प्रहरी नायब उपपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

बालिका हराएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यलय बाराको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १ राजदेवी मन्दिर नजिकै फेला पारी उद्दार गरेको हो ।

Leave a review