हिन्दुहरुको महान पर्व दिशैं शुरु भएसँगै बजारमा अहिले मानिसहरुको चहल पहल बढेको छ ।
बिशेषगर बजारमा मानिसहरु किनमेल गर्नमा अहिले ब्यस्त देखिएका छन ।
अहिले बिभिन्न स्थानका सानोदेखि ठुला बजारहरुमा मानिसहरुको चहल पहल बढेको छ ।दशैं आएसँगै वीरगञ्जमा पनि मानिसहरुको चहलपहल बढी भएको छ ।
आर्थिक नगरी भनेर चिनिने वीरगञ्जमा दशैंको बेलामा सबै सामानहरुको ब्यापार बढने बिश्वास लिइएको भएपनि यसपालि वीरगञ्जमा किनमेल गर्नेको सँख्या घटेको छ । वीरगञ्जमा नै किनमेल गर्ने भन्दा अधिकांश मानिसहरु रक्सौल बजारमा किनमेल गर्न पुग्ने गरेका छन ।
नेपालको वीरगञ्ज भन्दा सिमावर्ती भारतीय शहर रक्सौलमा भने अहिले मानिसहरु दैनिक रुपमा ठुलो सँख्यामा किनमेलको लागि पुग्ने गरेका छन । जसले गर्दा वीरगञ्जको ब्यापारमा दशैं आएपनि बृद्धि हुन नसकेको ब्यापारीहरु बताउँछन ।
वीरगञ्जमा भन्दा रक्सौल बजारमा हरेक सामानहरु सस्तो मुल्य पर्ने भएकाले यहाँका अधिकाश मानिसहरु रक्सौल बजारमै पुग्ने गरेका छन ।
वीरगञ्जमा पनि अहिले दर्शैको बेलामा मेला लागेको छ ।फुटपाथदेखि होलसेल पसलहरु समेत थापिएका छन ।तर पनि ब्यापारमा भने बृद्धि नभएको ब्यापारीहरुको भनाई छ ।वीरगञ्जमा भन्दा रक्सौलमा सामान सस्तो पर्ने र बढी सामानहरु किन्नुपर्ने भएकाले रक्सौल बजारमा सामान किन्न आएको एक ग्राहक पन्नालाल पासवनाले बताए ।
उनले घर परिवारको लागि कपडादेखि लिएर तेल मसाला लगायत घरायसी सामान वीरगञ्जमाा किन्दा महँगो पर्ने तथा रक्सौलमा सस्तो पर्ने हुदा रक्सौल नै गएर किन्ने गरेको उनले बताए ।
केही सामानहरु वीरगञ्जका बजारबाट पनि किन्ने गरेको बताउदै पासवानले बढी सामान चाडपर्बमा रक्सौलबाट नै किन्दा फाईदा हुने भएको रक्सौल बजार रोजाईमा परेको बताए ।
अहिले पहिलेको जस्तो नेपाली रुपैया भुक्तानी गर्दा रक्सौलमा रहेको कपडा व्यापारीले बटा काटने पनि नगर्नाले यहाँका मानिसहरु रक्सौल बजारतर्फ लोभिएका छन ।प्राय चाडपर्बको बेलामा वीरगञ्जसहित पर्साका ग्रामीण भेगका मानिसहरु पनि किनमेल गर्नको लागि भारतीय शहरहरु नै बढी पुग्ने गरेका छन ।
जसले गर्दा चाडपर्बको बेलामा पनि वीरगञ्ज बजारमा चहल पहल र ग्राहकहरुको कमि देखिने गरेको छ । यसको प्रत्यक्ष असर यहाँका ब्यापारीहरुलाई पर्दै आएको उनीहरु बताउछ ।


