पोखरियालाई स्मार्ट सिटी बनाउने आवश्यकता छ– ओली

राम मण्डल
388 पाठक संख्या

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको पोखरियालाई स्मार्ट सिटी बनाउनु पर्ने बताएका छन् ।

पोखरियामा मंगलबार आयोजित बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पोखरियाको विकासको लागि एमाले सधै अघि रहेको उनले बताए । पोखरियासहित आसपासका क्षेत्रका जनताका माँगहरुको बारेमा सबै कुरा आपूmलाई थाहा भएको बताए ।

पोखरियामा राम्रो अस्पताल बाटोघाटो बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए । पोखरियामा ईलाका प्रशासन कार्यालय खोल्नुपर्ने जनाए ।

आसपासका क्षेत्रका जनताको लागि पनि ईलाका प्रशासन खोले राहत हुने बताए ।उनले पोखरिया पर्साको ग्रामीण भेगमा रहेकोले त्यहाँका जनताको खेतीपातीको लागि सिँचाईको ब्यवस्था हुनुपर्ने जनाए ।

बारामा भएको गोलीकाण्डको बारेमा पनि कुरा उठाउदै त्यस्ता अपराधिक घटना रोक्नको लागि सरकारको ध्यानाकर्षण समेत उनले गराए ।

ओलीले एकअर्काको खुटा नतानी एमाले एकजुट भएर अघि बढे एमालेलाई कसैले हराउन नसक्ने उनले बताए । उनले आपूm तथा आफ्नो स्वार्थ केन्द्रित मात्रै नभई पार्टी भित्रका नयाँ पुराना सबै सदस्यहरुलाई एक जुट भएर पार्टी एकता सुदृढ गर्न निर्देशन दिएका थिए ।

कार्यक्रममा बोल्दै पोखरिया नगरपालिकाका मेयर प्रद्धुम्न चौहानले पोखरियालाई स्मार्ट सिटीको रुपमा घोषणा मात्रै गरिएको बताए ।

तर यस्को लागि बजेट भने नदिइएको गुनासो गरे ।उनले सरकारसित पोखरिया नगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि बजेट माँग गरिदिन एमाले अध्यक्ष ओलीसित अनुरोध गरेका थिए ।

Leave a review