बहुबिवाह गर्ने श्रीमान राकेशलाई कार्यवाही गर्न सुन्दरीको माँग

साझेदारी दैनिक
1.5k पाठक संख्या

सिकेन्द्र पासवान/
बाराको आर्दश कोतवाल गाउँपालिका वडा नम्बर १ चिउटाहाकी सुन्दरी कुमारी शर्माले बहु विवाह गर्ने पति राकेश शर्मालाई कानुनी कार्यवाही गर्ने माँग गरेकी छिन । कलैयामा पत्रकार सम्मेलन गरि उनी यस्तो माँग गरेकी हुन ।

७ बर्ष अगाडी देवताल गाउँपालिका वडा नम्बर ४ पिप्राढीगोठ निवासी नेपाल प्रहरीमा जागिरे समेत रहेका राकेश ठाकुरले बिवाह गरि घर भित्राए पनि बिभिन्न बहना बाजी गर्दै यतना दिदै आफु माथि अन्याय गर्दै आएको भएपनि सहदै आएका थिए सुन्दरीले भनिन् ।

तर जेठ ३० गते मात्र राकेश बरथवा नगरपालिका वडा नम्बर २ हजारिया बस्ने सिता शर्मासंग रौतहट जिल्लामा पर्ने नुनथर महादेवको मन्दिरमा बिवाह समेत गरेको जानकारी पाउन साथ हामी पिप्राढी पुग्दा मलाई कुटपिट गरि घरवाट बाहिर निकालेको पिडित सुन्दरीले जानकारी दिईन । सोही दिन जिल्ला प्रहरी कार्यालय बारामा जेठ ३० गते नै किटानी साथ राकेश माथि बहुविवाहको मुद्धा दिए पनि प्रहरी प्रशासनले आनाकानी गर्दै आएको पत्रकार सम्मेलनमा सुन्दरीले दुखेसो पोखिन् ।

जेठ ३० गते देखि नै निरन्तर जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ताका लागि धाईरहेपनि सुनवाई भने नगरेको हुदा छोरीलाई न्याय प्रहरीले दिलाउन्छ भने आस मारी सकेकी छु सुन्दरीका आमा नैनवा लोहारिनले भनिन् ।

आफुले १० कठा जग्गा समेत बेचेर छोरीको धुमधामसंग बिवाह गरेपनि छोरी माथि निकै अत्याचार,अन्याय राकेशले गरेको नैनवाले जानकारी दिदै कार्यवाही गर्न र छोरीलाई न्याय दिलाउन पत्रकार, मानव अधिकार कर्मीहरुसंग माँग गरिन् ।

Leave a review

This will close in 0 seconds