वीरगञ्जको रामरहिम सहकारीको वार्षिक साधारण सभा सम्पन्न

साझेदारी दैनिक
348 पाठक संख्या

वीरगञ्ज महानगरपालिकामा रहेको रामरहिम बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको सहकारीको शनिबार १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभामा सँस्थाका कोषाध्यक्ष मन्जय साहले एक करोड ४३ लाख ७८ हजार ७०१ रुपैया बराबरको वार्षिक आय ब्यय प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष हरिशंकर साहको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथिमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित,वडाध्यक्ष मनोजकुमार यादव, निबर्तमान वडाध्यक्ष अमानत अन्सारी,वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।साधारण सभाको सहजकिरण सँस्थाका सचिव श्रीराम मण्डलले गरेका थिए ।

साधारण सभालाई सम्बोधन गर्दै बक्ताहरुले सहकारीलाई बचाउनको लागि त्यसका सदस्यहरु नै क्रियाशिल हुनुपर्ने कुरा बताएका थिए । वर्तमान परिस्थितिमा सहकारीर्ला बचाउनको लागि ऋण लगानी गर्दा विशेष ध्यान दिनुपर्ने तथ्य उनीहरुले औल्याएका थिए ।

लगानी गरेको ऋणलाई समयमै उठाउन सके सहकारीको हितमा हुने जिल्ला बचत तथा ऋण सहकारी सँघ पर्साका अध्यक्ष राजेश पण्डितको भनाई छ । आफनो वडामा रहेको एकमात्र सहकारीलाई आपूmले सधै सहयोग गर्न तयार रहेको वडा अध्यक्ष यादवले भने ।

उनले सहकारीको बिकाश र संरक्षण गर्नको लागि बजेट पनि दिने आश्वासन दिए ।

साधारण सभामा उपस्थित भएका सहकारीका सदस्य जँग बहादुर साहले बिगतमा सँस्थामा नै आबद्ध भएका सदस्यहरुले ऋण लिएर लामो समय नतिरेका कारणले सहकारी आर्थिक अवस्था कमजोर हुदै गएको जनाए । उनले सदस्यहरुले लिएको ऋण उठाउन पर्ने कुरामा जोड दिए ।

Leave a review