राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाइयो

साझेदारी दैनिक
371 पाठक संख्या

बाराको कलैया उपमहानगरपालिका ७ देवीगञ्ज अवस्थित एक मदरसामा ७० औ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाइएको छ ।
क्षयरोग निवारण संस्था बाराको आयोजनामा कलैया उपमहानगरपालिकाको सहयोगमा सो दिवस मनाइएको हो ।

क्षयरोग नियन्त्रणमा हाम्रो लडाई, क्षयरोग मुक्ति हिमाल पहाड तराई भन्ने मूल नाराकासाथ यो दिवस मनाइएको हो । प्रदेश सभा सदस्य महम्मद समिरको प्रमुख आतिथ्यतामा मदरसाका प्रमुख अव्दुल रहमान नियाजीको अध्यक्षतामा सो दिवस मनाइएको हो ।

उक्त अवसरमा स्वास्थ्यकर्मी सुरेश मोदकले क्षयरोगको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेकपा समाजवादीका केन्द्रिय सदस्य श्रीप्रसाद पासवान जनमत पार्टीका केन्द्रिय सदस्य कलामुद्दिन अन्सारी सञ्चारकर्मी रमेश साह लगायतकाले क्षयरोगबाट बच्न सावधानी अपनाउन जोड दिएका थिए ।

सो कार्यक्रममा सञ्चालन शंकर भट्टराईको थियो ।

सो कार्यक्रममा भोलामियाँ शेष,सन्तोष नेपाल,बैद्यनाथ साह, राजकुमार साह एवम् मदरसाको विद्यार्थि गरी करिब दुई सय जनाको उपस्थिति रहेको थियो । सो अवसरमा मदरसालाई चामल लगायतको सामाग्री हस्तान्तरण गरिएको थियो ।

Leave a review