राष्ट्रिय स्वतन्त्र पार्टी बाराले बुझायो प्रजिअलाई ज्ञापन पत्र

संदिप प्रसाद यादव
987 पाठक संख्या

राष्ट्रिय स्वतन्त्र पार्टी बाराले जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ ।

ईलाका प्रशासन कार्यालय कोल्हवी,सिम्रौनगढ र जिल्ला प्रशासन कार्यालय बारामा समेत गरि ४ जना प्रशासकीय अधिकृतको माग गर्दै सो पार्टीले ज्ञापनपत्र बुझाएको हो ।

उसले कार्यालयमा नहुदा सेवाग्राहीहरुको समस्यालाई लिएर समाधानको पहल गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र बुझाएको हो ।

कोल्हवी,सिम्रौनगढ तथा जिल्ला प्रशासन कार्यालय बाराबाट प्रदान हुने सेवा प्रवाहमा दशै भन्दा अगाडि देखि ईलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लगायत पर्याप्त कर्मचारी नहुँदा त्यस कार्यालयसँग सम्बन्धित सम्पूर्ण सेवाग्राही मारमा परेको जनगुनासो आएकोले रा.स्व.पा.बाराको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रत्येक नेपाली नागरिकले कानुन अनुसार नागरिकता पाउने हक नेपालको सविधानले सबै नेपाली नागरिकलाई प्रदान गरेको छ।

प्रत्येक नेपाली नागरिकले आफ्नो वृद्धि विकासको लागि माथिल्लो तहको अध्ययन,देश भित्र वा बाहिर प्राप्त हुनसक्ने रोजगारीको अवसरहरु,व्यापार व्यवसाय लगायत हरेक क्षेत्रमा कानुन अनुसार प्रक्रियामा जाँदा होस या नेपाली नागरिक भनेर चिनाउदा होस् नागरिकता नै पहिलो सरकारी प्रमाणपत्रको रुपमा खोजिने या आवश्यक हुने भएकोले हाल कोल्हवी,सिम्रौनगढ र जिल्ला प्रशासन कार्यलय बारामा प्रशासकीय अधिकृत नहुँदा नयाँ नागरिकता बन्ने त कुरै छोडौ,विभिन्न कारणले प्रतिलिपी नागरिकता लिनु पर्ने सेवाग्राही पनि मारमा परेका उक्त ज्ञापन पत्रमा लेखिएको छ ।

सम्बन्धित ईलाका प्रशासन कार्यालयमा १० वटा प्रतिलिपी नागरिकताको फाइल नभए सम्म जिल्ला प्रशासन कार्यालय नल्याउने अघोषित नियमले गर्दा कसैको लोकसेवाको फर्म भर्न छुटेको,कत्तिले रोजगारीको धेरै अवसर गुमाएका जनगुनासो दिनहुँ बढ्दो अवस्थामा रहेको साथै जिल्लाकै नागरिकता फाँटमा दिनहुँ सयौंको संख्यामा नागरिकता बनाउने सेवाग्राही ग्रामीण क्षेत्रबाट सदरमुकाम आएर हप्तौं बस्दा र कुर्दा पनि नागरिकता बनाउन नसकेको जनगुनासो आएको राष्ट्रिय स्वतन्त्र पाटी बाराका संयोजक चन्दनकुमार स्वर्णकारले प्रजिअलाई बताए ।

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउँदा एक दिनको काममा हप्तौं लाग्ने गरेको र प्रशासकीय अधिकृत नहुँदा काम नभई घर फर्किने अवस्था भएको छ ।

प्रशासन कार्यालयमा सवैभन्दा बढि प्रतिलिपी लिन आउने सेवाग्राहीले बढि दुख पाउने गरेका छन । प्रतिलिपी नागरिकता लिन हप्तादेखी महिनौसम्म लाग्ने गरेको छ।

नयाँ नागरिकता,नागरिकताको प्रतिलिपी,जातीय प्रमाणित गर्ने लगायतका कुनै पनि कार्य अघि बढ्न सकेको छैन् ।

जिल्ला प्रशासन कार्यालय बारामा चाप बढेपछी प्रशासकीय अधिकृत अनिता कुमारी राजलवटले कामचलाउ सेवाग्राहीहरुलाई सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

इलाका प्रशासनमा प्रमुख नहुँदा काम ठप्प भएको कुरा स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले उक्त समस्याको बारेमा आफुले बारम्बार सम्बन्धित माथिल्लो निकायमा घच्च घच्याइरहेको जानकारी दिए।

ईलाका प्रशासन कार्यालय कोल्हवीमा एक–दुई दिन र सिम्रौनगढमा १ हप्ता भित्र सम्पूर्ण सेवा नियमित रुपमा सेवाग्राहीहरुलाई प्रदान गर्ने प्रजिअ सापकोटाले बताए ।

Leave a review