बौलाहा कुकुरको टोकाईबाट तीन बालिका गम्भिर घाईते

साझेदारी दैनिक
504 पाठक संख्या

करैयामाई । बाराको करैयामाई गाउँपालिका वडा नम्बर १ मधुवनमा शनिबार बौलाहा कुकुरको टोकाईबाट तीन जना बाल बालिका गम्भिर घाईते भएका छन ।

घाईते हुनेमा सदाम हुसेनको ५ बर्षिय छोरी समैरा खातुन,अशोक चौधरीको ५ बर्षिय छोरी अन्नया चौधरी र मधुवनमा आफन्तकोघर आएका नाम थर नखुलेको करैयामाई गाउँपालिका वडा नम्बर ५ तेतरिया थोडियाही घर भएकी एक बालिका रहेको वडा अध्यक्ष सोनालाल साहले जानकारी दिएका छन ।

बौलाहा कुकुर उनीहरुलाई घर भित्र प्रवेश गरी टोकेको उनले बताए ।बालिकाहरुको हात खुटृामा बौलाहा कुकुरले टोकेको हो ।

उनीहरुको उपचार स्थानीय स्वास्थय संस्थामा भएको छ । गाउँघरमा बिगत केही बर्ष देखि कुकुरहरुको बिगबिगी बढेको छ ।

केही बर्ष देखि कुकुरहरु खशी बाख्रामाथि आक्रमण गरी मार्ने गरेका छन । भने एक्लो बाल बालिकामाथि पनि आक्रमण गर्ने गरेको वडाअध्यक्ष साह बताउछन।

वडा अध्यक्ष साहले आ आफना बालबालिकाहरुलाई सुरक्षित राख्न आग्रह गरेका छन ।

Leave a review