कोठा विवादलाई लिएर महानगर वीरगञ्जको दोस्रो दिन पनि तनावग्रस्त

राम मण्डल
345 पाठक संख्या

वीरगञ्ज महानगरपालिका बुधबार दिनभरी तनावग्रस्त रहेको छ ।

महानगरका मेयर र उपमेयरका समर्थकहरुको बीचमा विवाद भएपछि मंगलबार दुबै पक्षबीच झडप भएको थियो ।

महानगरमा रहेको प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठाको बिषयलाई लिएर मेयर र उपमेयरका समर्थकहरु एकआपसमा भिडेका थिए ।

प्रमुख प्रशासकीय अधिकृतको खाली भएको कोठामा पञ्जिकरण शाखा राख्ने कि उपमेयरको सचिवालय राख्ने बिषयमा विवाद बढेर झडपको अवस्था सिर्जना भएको थियो ।

यसपछि ठुलो संख्यामा महानगरमा प्रहरी परिचालन गरेर स्थिति सामान्य बनाइएको थियो ।सोही क्रममा उपमेयरका निजी सचिवले अपशब्द प्रयोग गरेको भन्दै महानगरका कर्र्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।

आफुहरुमाथि दुव्र्यवहार भएको भन्दै आन्दोलनमा उत्रिएको स्थानीय तह कर्मचारी संघ वीरगञ्ज महानगरका अध्यक्ष मुकेश गुप्ताले बताए ।

कोठाको बिषयलाई लिएर दिनभरि मेयर र उपमेयरका समर्थकहरुका कारण तनावग्रस्त रहेको वीरगञ्ज महानगरमा बुधबार भने मेयर र उपमेयर मैदानमा उत्रिएका छन् ।दुबै जनाले प्रमुख प्रशासकीय अधिकृतको कोठालाई लिएर एक अर्का माथि आरोप लगाएका छन् ।

वीरगञ्ज महानगरमा भएको विवाद र झडपको कारण प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठालाई पञ्जिकरण शाखा बनाउने बिषयलाई लिएर भएको मेयर राजेशमान सिंहले बताएका छन ।

महानगरपालिकामा खाली भएको प्रमुख प्रशासकीय अधिकृतको कोठामा पञ्जिकरण शाखा राख्ने कोठाको बिषयलाई लिएर विवाद नभई एकलौटी निर्णय लादने आफनो शासन लगाउने कुरा आएको कारणले विवाद भएको उपमेयर ईम्तियाज आलमले बताएका छन् ।

उनले महानगरमा सेवाग्राहीहरु हजारौ पटक आउने,अपाङ, बृद्धबृद्धा पनि आउने भएकोले सेवाग्राहीहरुलाई सहज होस् भनेर प्रमुख प्रशासकीय अधिकृतको कोठा ग्राउण्ड पmलोरमा हुनुपर्ने जिकिर गरे ।

कोठाको बिषयलाई लिएर मंगलबार वीरगञ्ज महानगरमा मेयर र उपमेयरका समर्थकबीच विवाद भई झडप हुदा दिनभरी महानगर तनावग्रस्त बनेको थियो ।

सोही बिषयलाई लिएर बुधबार पनि विवाद बढने भएपछि मेयर र उपमेयर एकअर्कामाथि आरोप प्रत्यारोपमा उत्रेका छन् ।

महानगरको अवस्था लगातार दोस्रो दिन पनि तनावग्रस्त बनेपछि ठुलो संख्यामा प्रहरी महानगरमा परिचालन गरिएको थियो ।

Leave a review

This will close in 0 seconds