Sajhedari Daily
Latest News from Nepal

पथलैयामा बन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय महाधिवेशनबाट चौधरीको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति गठन

रञ्जन यादब /
साझेदारी बन उपभोक्ता महासंघ नेपालको ५औँ राष्ट्रिय महाधिवेशन बाराकोे पथलैयामा विहिवार सम्पन्न भएको छ ।
साझेदारी बन उपभोक्ता महासंघका अध्यक्ष रामरुप प्रसाद कुर्मीले गढीमाई साझेदारी बनको प्राङ्गणमा बेलको बिरुवा रोपी कार्यक्रमको उद्घाटन गरेका थिए ।

साझेदारी बन उपभोक्ता महासंघ नेपालका सहअध्यक्ष राधेश्याम सिवाकोटीको सभाअध्यक्षता र महासंघ नेपालका अध्यक्ष रामरुप प्रसाद कुुर्मीको प्रमुुख आतिथ्यतामा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको हो ।

अधिवेसनमा बारा ,पर्सा ,रौतहड ,महोत्तरी ,सर्लाही ,कपिलबस्तुु ,कञ्चनपुुर ,रुपन्देही र नवलपरासी जिल्लाका साझेदारी बनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमको सम्पुुर्ण ब्यवस्थापन गढीमाई साझेदारी बन ब्यवस्थापन समुुह पथलैयाले गरेको थियो ।

कार्यक्रमका उत्कृष्ट कार्य गरेववापत डिभिजन बन कार्यालय बाराका प्रमुुख मञ्जुुर अहमद ,डिभिजन बन कार्यालय पर्साका प्रमुुख जगरनाथ जैसवाल ,गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साह ,सबैया साझेदारी बनका अध्यक्ष लखन लाल साह र लुुम्बिनी साझेदारी बन ब्यवस्थापन समुुहका अध्यक्ष जबिउल्लाह खानलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन गढीमाई साझेदारी बन उपभोक्ता समुुहका सदस्य आत्मराम अधिकारीले गरेका थिए । यसैगरी विहिवार नै महासंघको सम्पन्न बन्द सत्रले रामप्रसाद चौधरीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्बसहमत रुपमा चयन गरेको छ । नवगठित कार्यसमितिको सहअध्यक्षमा जय प्रकाश पाण्डे, उपाध्यक्षहरुमा गणेशजी प्रसाद साह, बबिता चौधरी, रघुुनाथ प्रसाद यादब, महासचिवमा रामचन्द्र गिरी र कोषाअध्यक्षमा मिरा पोख्रेल लगायत रहेका छन् ।

सहभागीहरुले साझेदारी बन उपभोक्ताहरुको अस्तित्व बचाईराख्न संघ र प्रदेश सरकार गम्भिर भएर लाग्नुुपर्नेमा जोड दिनुुभएको छ । संघ सरकारले बनाएका कतिपय झन्झटिला ऐन कानुुनहरुले उपभोक्ताहरुले सहजै काठ, दाउराहरु प्राप्त गर्न नसकिरहेको दुुखेसो गरेका थिए ।

Comments are closed.

error: Content is protected !!