कलैयामा स्टुडेन्ट अफ द इयर सिजन -२ प्रतियोगिता माघ १० गतेदेखि हुने भएको छ ।
बाराको सदरमुकाम कलैया उपमहानगर-६ को आयोजनामा स्टुडेन्ट अफ द इयर सिजन -२ प्रतियोगिता सिदेश्वर उच्च माध्यमिक बिधालयको खेलमैदानमा माघ १० गते देखि हुने भएको वार्ड कार्यालयको सभा हल शुक्रबार एक प्रेस सम्मेलन गरि जानकारी गराएको हो ।
उक्त प्रतियोगितामा चित्रकला,हाजिरी जवाफ,क्रीकेट,छात्र तथा छात्राका लागी दौड माघ १० देखि १९ गते सम्म हुने आयोजक समितिका अध्यक्ष एवम् कलैया उपमहानगर-६ का वार्ड अध्यक्ष रामविश्वास ठाकुरले बताएका छन् ।
उनका अनुसार मधेस प्रदेश-२ का निजि तथा सरकारी बिधालयमा पढ्ने कक्षा ५ देखि १० का विद्यार्थीहरुले सहभागी हुने र ऊनीहरुको प्रतिभालाई उजागर तथा अगाडि बढाउनलाई उक्त प्रतियोगिताको आयोजना गरिएको बताए ।
सो प्रतियोगिताको सम्पूर्ण खेलका प्रवेश शुल्क ८ हजार रुपैया तथा प्रतियोगितामा सहभागी फारम पेश गर्ने पुस १२ गतेदेखि माघ ०५ गतेसम्म रहेको आयोजक समितिले जनाएको छ ।
चित्र बनाउने सम्पूर्ण सामाग्री आयोजक र व्यवस्थापक समितिले उपलब्ध गराउने,दौड प्रतियोगिता १०० देखि २०० मिटर बिचमा हुनेछ र जुत्ता,ट्रेकशुट अनिवार्य हुनु पर्ने,हाजिरी जवाफ प्रतियोगितामा दुई छात्र र एक छात्राको सहभागी हुने,क्रिकेट प्रतियोगितामा १५ विद्यार्थीहरुलाई सहभागी गराउन मात्र पाउने,क्रिकेट खेल टेनिस बल टाइगर स्पिनले १६ ओभरको मात्र हुने,क्रिकेट खेल नक आउट विधिले खेलाइने,क्रिकेटको फाईनल खेल २० ओभरको खेलाइने,क्रिकेटको सम्पूर्ण सामाग्री आफै लिएर आउनु पर्ने,क्रिकेट खेलमा समयमा उपस्थित नभएको टिमलाई व्यवस्थापक समितिको निर्णयले केही जरीवाना लाग्न सक्ने नियमहरु रहेको आयोजक अध्यक्ष ठाकुरले जानकारी दिए ।
सो प्रतियोगिताका सम्पूर्ण खेलमा प्रथम पुरस्कार मात्र प्रदान गरिने,शिक्षामा र १ वर्ष नृत्य शिक्षा छात्रवृत्तिको पनि व्यवस्था,विद्यालयहरुलाई सहभागीता प्रमाण पत्र र ट्रफी दिईने र सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र तथा मेडल दिईने आयोजक अध्यक्ष ठाकुरले बताए ।
सम्पूर्ण खेलमा निर्णायक मण्डलको निर्णय नै सर्वमान्य हुने,खेलमा स्कूल बाहिरी खेलाडी सहभागी भएको पाइएमा समितिद्वारा निलम्बन तथा जरिवाना भोग्नु पर्ने,अन्तिम खेलमा सम्पूर्ण विद्यालयले आफ्नो विद्यालयको २५ छात्र र २५ छात्रा तथा २ राष्ट्रिय झण्डा सहित आफ्नो बिद्यालयको उपस्थिती देखाउनु पर्ने र आयोजक तथा व्यवस्थापक समितिद्वारा बेस्ट स्कुल रिप्रजेन्ट अफ द ईयर-२०८० को पुरस्कार प्रदान गरिने विशेषताहरु रहेको आयोजक समितिले जनाएको छ ।
सो प्रतियोगिता हुने खेलमैदानमा प्राथमिक उपचारको पनि व्यवस्था गरिएको अध्यक्ष ठाकुरले बताए ।
सो प्रतियोगिताको व्यवस्थापन जीनियस इन्टरटेन्मेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले गर्ने भएको छ ।
उक्त प्रतियोगिताको अनुमानित बजेट ५ लाख ५० हजार रहेको छ ।
उक्त प्रेस सम्मेलनमा कलैया उपमहानगरपालिका वार्ड नम्बर ६ का वार्ड अध्यक्ष रामविश्वास ठाकुर,जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडका संचालक अन्कुश ब्याहुत,अर्जुन कलवार,सन्नी अन्सारी,रुस्तम अन्सारी तथा सन्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।


