कलैया । बारामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गएराति पथलैयाबाट निजगढ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित डुङ्ग्रे पुलको रेलिङमा ठोक्किँदा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
दुर्घटना पश्चात घाइते भएका दुबै जनालाई परवानीपुरस्थित एल एस न्युरो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन ।
मृत्यु हुनेमा मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका–१५ नयाँ बस्ती टोल बस्ने सुरेश लामाका छोरा २० वर्षीय साजन तमाङ र मोटरसाइकलमा पछाडि सवार जीतपुरसिमरा उपमहानगरपालिका–१४ खयरघारी टोल बस्ने कृष्ण बहादुर मोक्तानको छोरा अन्दाजी २२ वर्षीय किरण मोक्तान रहेको सिमराका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिएका छन् । हाल दुवै शव सोही अस्पतालमा राखिएको उनले जानकारी दिए ।








