राम मन्दिर उद्घाटनको दिन नेजपाले कार्यालय उद्घघाटन गर्नेे

राम मण्डल
512 पाठक संख्या

भारतको अयोध्यामा राम मन्दिर उदघाटन हुने दिन माघ ८ गते नेपाल जनता पार्टी पर्सा जिल्ला समितिको सम्पर्क कार्यालय उद्घाटन गरिने भएको छ ।

विश्व भरीका हिन्दूहरुको लागी राम मन्दिर प्रमुख आस्था केन्द्र भएकोले सोही दिन कार्यालयको उदघाटन गरिने पार्टीका केन्द्रिय बरिष्ठ नेता सन्तोषानन्द महाराजले जानकारी दिए । गोपाल मण्डली बीरगंजमा नेपाल जनता पार्टी जिल्ला समिति पर्साको बैठकले यसबारे निर्णय गरेको हो ।

पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा भएको बैठकमा पार्टिका केन्द्रीय वरिष्ठ नेता एवम वार्ता समिति संयोजक संतोषानन्द महाराज,केन्द्रीय सदस्यहरु बिनोद कुर्मी,पिया सिंह,सुरेश साह कानू,मधेश प्रदेश समितिका पारस द्विबेदी,रामप्रसाद कुर्मी,विभा साह,मनोज गुप्ता,पर्सा जिल्ला उपाध्यक्षहरु धीरज साह,सचितानंद गिरी,महामंत्री नवीन मिश्रा,मंत्री आनन्द सिंह लगायतको सहभागिता रहेको थियो ।

पार्टी पर्सा जिल्ला कार्य समितिले माघ ८ गते घर घरमा दिपावली,पूजापाठ र मन्दिरमा भव्य पूजापाठ गर्न हिन्दू समाज लाई आग्रह समेत गरेको छ ।

Leave a review

This will close in 0 seconds