चार फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
1.1k पाठक संख्या

बारा प्रहरीले विभिन्न मद्दामा फरार रहेका चार जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

प्रहरीले कुटपिट मुद्दामा अदालतबाट १० हजार रुपैयाँ जरिवाना सजाय पाएका बाराको महागढीमाई नगरपालिका वडा नं. ११ मधुरी जब्दीमा बस्ने अन्दाजी २२ वर्षीय दिलमहम्मद मियाँलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

कुटपिट मुद्दामा अदालतबाट सात सय ९० रुपैयाँ ६२ पैसा जरिवाना पाएकी पचरौता नगरपालिका वडा नं. ३ श्रीनगर बैरियामा बस्ने अनिता देवी कुशवाहा पनि पक्राउ परेकी छन् ।

त्यस्तै चोरी मुद्दामा अदालतबाट ५ हजार ४ सय ४७ रुपैया ५० पैसा जरिवाना सजाय पाएका आदर्शकोतवाल गाउँपालिका वडा नं. ५ टेढामा बस्ने अन्दाजी ६० वर्षीय हरदयाल राउत अहिर र सोही ठाउँमा बस्ने अन्दाजी ६० वर्षीय लछुमन राउत अहिर पक्राउ परेका छन् ।

Leave a review

This will close in 0 seconds