सय दिने अभियान अन्तर्गत चार वटै प्रतिनिधि सभा क्षेत्रमा कार्यक्रम गर्ने कांग्रेस बाराको निर्णय

साझेदारी दैनिक
239 पाठक संख्या

बारा :राजेश कुशवाहा/ नेपाली कांग्रेसको सय दिने अभियान अन्तर्गत बाराको चार वटै प्रतिनिधि सभा क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको छ।

नेपाली कांग्रेस बाराको आयोजनामा कलैयास्थित बि.पी स्मृति भवनमा बुधबार बसेको बिस्तारित बैठकले अभियान अन्तर्गत कार्यक्रम गर्ने निर्णय गरेको हो।बैठकले माघ ११ गते शुक्रबार साढे ११ बजे प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को आयोजनामा पार्टी कार्यालय कलैयामा,माघ १२ गते शनिबार साढे ११ बजे प्रतिनिधि सभा क्षेत्र ४ को आयोजनामा प्रसौनीमा,माघ १३ गते आईतबार प्रतिनिधि सभा क्षेत्र ३ को आयोजनामा सुवर्ण गाउँपालिका वडा नम्बर १ बगही पोखरीमा,माघ १४ गते सोमबार साढे ११ बजे प्रतिनिधि सभा क्षेत्र नम्बर १ को आयोजनामा नेपाली कांग्रेस पार्टी कार्यालय खोपवा बारागढीमा,माघ १६ गते बुधबार साढे ११ बजे जिल्ला कार्य समितिको आयोजनामा पार्टी कार्यालय कलैयामा अभियान अन्तर्गत कार्यक्रम गर्ने निर्णय गरिएको छ।

नेपाली कांग्रेसका पूर्व उपसभापति तथा उप प्रधानमन्त्री विमलेन्द्र निधीको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो।

उक्त बैठकमा कांग्रेसको सय दिने अभियान बारे जानकारी गराएका थिए। कांग्रेस बाराका जिल्ला सभापति राजेशराय यादवको सभापतित्वमा सो बैठक सम्पन्न भएको हो ।

बैठकमा प्रदेश प्रतिनिधि,प्रदेश उपसभापति तथा पुर्व माननीय वीरेन्द्र सिंह,जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु,प्रतिनिधि सभा क्षेत्रीय सभापति,प्रदेश सभा क्षेत्रीय सभापतिहरु, पालिका सभापतिहरु,महाधिवेशन प्रतिनिधि महासमितिहरु,भातृ तथा सुभेच्छुक संघ संस्थाका अध्यक्षहरुको सहभागिता रहेको कार्यालय सचिव अम्बिका यादवले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds