बारा । करैयामाई गाउँपालिकाको आयोजना तथा नवजन प्रगति क्लब करैयामाई उमजनको सहकार्यमा तेस्रो करैयामाई गोल्डकप २०८३ आज आइतबारदेखि उमजन खेल मैदानमा सुरु हुँदैछ।
प्रतियोगिताको उद्घाटन करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले रिबन काटेर गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको पहिलो खेलमा वीरगञ्ज युथ एकेडेमी र एपीएफ बर्दिबास भिड्दै छन्।
प्रतियोगिताको विजेता टोलीले नगद ७० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेता टोलीले नगद ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगितामा वीरगञ्ज युथ एकेडेमी, एपीएफ बर्दिबास, हेटौंडा फुटबल एकेडेमी, बकुलिया–११, नव जन जागृति युवा क्लब सिमरा, अल्टोकी फुटबल क्लब रौतहट, वीरगञ्ज सिटी क्लब तथा आयोजक नव जन प्रगति युवा क्लब करैयामाई बारा गरी ८ टोलीको सहभागिता रहेको छ।


