देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै मंगलवार नेपाल शिक्षक संघ बाराले प्रादेशिक अस्पताल कलैयाका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
बाराको कलैया उपमहानगर –६ मा रहेको कलैया अस्पतालमा सहिद दिवसको अवसर पारी एक कार्यक्रम बीच अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेश राय यादवले अस्पतालका वार्डमा पुगेर बिरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।
प्रादेशिक अस्पताल कलैयाका आपतकालीन,आईसीयू,गर्भवती महिला,जेनेरल,अपरेशन वार्डमा रहेका ६० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
उक्त कार्यक्रममा पूर्व मन्त्री कलावती पासवान,तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल,बारा क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह,पूर्व केन्द्रिय सचिव देवेन्द्र गिरी,संघीय सदस्य नरेन्द्र गिरी,मधेस प्रदेश शिक्षक संघका उपाध्यक्ष अवधकिशोर गिरी,शिक्षकसंघ बाराका उपाध्यक्ष अनिला चौधरी, भुनेश्वर यादव,ऋषिकान्त कुमार,वीरेन्द्र चौधरी,संघमा आबद्ध शिक्षक,शिक्षिकाका साथै कांग्रेसका नेता तथा कार्यकर्ताहरु लगायतको सहभागिता थियो ।
त्यसैगरी सदरमुकाम कलैयाको मुख्य भरत चौकमा दिप प्रज्वलन गरि शिक्षक संघ बाराले सहिद दिवस मनाएको छ ।

