धीरेन्द्र पनुहर/
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित आन्दोलन बारा कोल्हवी नगरपालिकामा अनुसार आइतबार पालिका स्तरीय धर्ना दिएका छन ।
कोल्हवी नगरपालिका भित्र रहेका शिक्षक महासंघमा आवद्ध विभिन्न संघ,संगठन,राहत,स्थायी अस्थायी,बालबिकास,बिधालय कर्मचारी लगाएतकोले एक्यवद्धता जनाउदै कोल्हवी बजार परिक्रमा गरी नगरपालिकाको कार्यलयमा धर्ना दिएका थिए।
बिगतका बर्षहरुमा नेपाल सरकार र नेपाल शिक्षक महासंघ,शिक्षक कर्मचारी,बालबिकास शिक्षकहरु बिचमा भएको समझौतालाइ नेपाल सरकारले इमानदारीका साथ कार्यान्वयन गर्न आलटाल गरेको भन्दै महासंघ बाराका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीलाइ ५१ बुदे सहितको ज्ञापनपत्र बुझाएको हो।
नेपाल शिक्षक महासंघ कोल्हवी नगरपालिका संघर्ष समितिले उक्त बुझाए ज्ञापनपत्र । ज्ञापन पत्र बुझाउन नेपाल शिक्षक संघ कोल्हविका अध्यक्ष रामप्रसाद चौधरी नेपाल शिक्षक संगठनका कार्यवाहक अध्यक्ष उमेश चौधरी,नेपाल राहत शिक्षक संघका अध्यक्ष हितेन्द्र चौधरी,उच्च माध्यमिक बिधालय शिक्षक संघका प्रतिनिधि सरोज चौधरी,अस्थाई शिक्षक संघका अध्यक्ष राम अयोध्या चौधरी,नेपाल बिधालय कर्मचारी संघका अध्यक्ष त्रिभुवन चौधरी,बाल विकास संघका अध्यक्ष इन्दिरा देवकोटा,शिक्षकहरू राधाकृष्ण चौधरी,बिरेन्द्र चौधरी, बिसुन दयाल चौधरी,शिक्षा प्रमुख मिश्रिलाल लगायतको उपस्थिति रहेको थियोे ।
ज्ञापनपत्र बुझ्दै अधिकृत राममणि अधिकारीले तपाईंको माग जायज रहेको भन्दै यो ज्ञापन पत्रलाई सम्बन्धित निकाय सम्म पुर्याई दिने र यस पालिकाको तर्फबाट सम्पुर्ण शिक्षक शिक्षिकाहरुलाई पुर्ण सहयोग हुने धारणा व्यक्त गरे ।
ज्ञापनपत्र बुझाइ सके पछि राष्ट्रिय तालिका अनुसार पालिकाको प्राङ्गणमा २ बजे सम्म धर्नामा बसेका थिए । धर्ना कार्यक्रममा श्री अनुप दिपनी मा बि कोल्हबिका प्र.अ रामप्रकाश चौधरी,श्री ने रा नमुना मा बि सपहिका प्र अ भुनेश्वर चौधरी ,श्री जनता माध्यमिक बिधालय ककडि प्रसौनाका प्र.अ . चन्द्रदेव कुशवाहा,श्री मणि मा.बि.का प्रतिनिधि श्री ने.रा. अ.बिधालय जुअवा का प्र.अ.नरेन्द्र चौधरी,रम्पुर्वा का सहायक प्र. अ रघुबन्श चौधरी,श्री ने.रा.अ.बिधालय मठवाका प्र.अ कन्चन देवी चौधरी लगायत पालिका भित्र रहेका बिधालयका २५४ जन्नाको उपस्थिति रहेको थियोे।
नेपाल राहत शिक्षक समिति कोल्हवीका अध्यक्ष तथा नेपाल शिक्षक महासंघ कोल्हवी तदर्थ समितिको संयोजक हितेन्द्र चौधरीको संयोजकत्वामा धर्ना कार्यक्रम सम्पन्न भएको हो।कार्य तालिका अनुसार ३० गते जिल्ला सदरमुकाममा धर्ना कार्यक्रम रहेको छ।


