कार्यालयलाई बदनाम गर्ने काम भयो : कार्यालय प्रमुख दास

साझेदारी दैनिक
372 पाठक संख्या

करण कुमार मिश्र/

यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहप् सञ्चारमाध्यममा आएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

यातायात कार्यालय गौरमा रातिमै परीक्षा र ट्रायल हुने गरेको तथा मोटरसाइकल एवं चारपांग्रे सवारी साधनको लाइसेन्सका लागि छुट्टा–छुट्टै शुल्क लिने गरेको भनी केहि सञ्चारमाध्यममा आएको खबरमा कुनै सत्यता नरहेको कार्यालय प्रमुख दासले बताएका छन् ।

केही व्यक्तिले व्यक्तिगत प्रतिसोध साध्न सञ्चारमाध्यममा झूठा, भ्रामक र कपोकल्पीत खबर सम्प्रेशन गराएर कार्यालयलाई बदनाम गराउने काम गरेको प्रमुख दासको भनाई छ ।

आफना प्रतिक्रिया समेत नराखी एकहोरो ढंगले हुदै नभएको जथाभावी कुरा लेखेर समाचार समप्रेशन गर्नु कतिको उचित हो भनी उनले प्रश्न गरे । आफना प्रतिक्रिया समेत नराखी एकतर्फि ढंगले झूठो समाचार सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्न खोज्ने विरुद्ध आफु कानुनी बाटोमा लाग्ने समेत उनले बताए ।

लाइसेन्सका लागि बिचौलिया मार्फत शुल्क लिने गरिएको भन्ने सञ्चारमाध्यममा आएको कुरा आफुलाई थाहा नभएको उनले बताए । यहाँबाट मोटरसाइकल एवं चारपांग्रे सवारी साधनको लाइसेन्सका लागि आफुहरु कुनै प्रकारको शुल्क नलिने गरेको उनले दावी गरे ।

कार्यालयले पैसा उठाउन वा पैसा लिन कुनै बिचौलिया नराखेको प्रष्ट पार्दै दासले लाइसेन्स बनाउन कसैले पैसा मागे सिधै आफुलाई खबर गर्न सबैलाई आग्रह गरे ।

लाइसेन्स बनाउन पैसा लिएको बिचौलिया फेला परे हदैसम्मको कार्यवाही गर्ने समेत उनले बताए ।

आम नागरिकलाई सहज र सरल ढंगले सेवा दिएकै कारण रौतहट सहित अन्य जिल्लाबाट समेत लाइसेन्सका लागि यातायात कार्यालय गौरमा मानिसहरु आउने गरेको उनले बताए ।

Leave a review

This will close in 0 seconds