पर्सा प्रहरीले एक केजी एक सय ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने वर्ष ५५ को मोखु राउत कुर्मीलाई गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं.१९ तिलावे पुल स्थित सडकखण्डबाट उनलाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी चौकी विन्दवासिनीबाट खटिएको चेकिङ टोलीले सवारी साधन तथा पैदल यात्रीहरूलाई जाँच गर्ने क्रममा उनलाई गाँजासहित पक्राउ गरेको पर्साका प्रहरी प्रबक्ता एवमु डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
कुर्मी बिरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।


