सोमवार निजगढ संकास्पद विष्फोट,एक जनाको मृत्यु,पाँच घाइते

संदिप प्रसाद यादव
401 पाठक संख्या

बाराको निजगढमा गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार अपरान्ह करिब १२ बजे विष्फोट भएको छ ।

विष्फोटबाट पाँच जना घाईते भएका थिए भने घाईते मध्ये एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निजगढ नगरपालिका वार्ड नम्बर ५ मा बस्ने अन्दाजी ४५ वर्षीय रोहित वर्कशपका सञ्चालक रेशम मगर रहेका छन् ।

उनको बयोधा अस्पताल वीरञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

अन्य घाइते हुनेमा निजगढ नगरपालिका वार्ड नम्बर –५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापा,वीरगञ्ज महानगरपालिका वार्ड नम्बर–९ बस्ने फिरोद देवान,सोही ठाउँमा बस्ने २० वर्षीया रितु रजक,भारतको गवाईमा बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारतीय नागरिक रामघडवामा बस्ने २० वर्षीय अरविन साह छन ।

थापाको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ र अन्य घाइतेको वीरगंजमा रहेको व्योधा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक रुपमा ग्यास सिलिन्डर पड्कीएर दुर्घटना भएको भनीएपनि यथार्थ कारण भने अहिलेसम्म खुलाउँन सकिएको छैन् प्रहरीले जनाएको छ ।

विष्फोटको घटनावारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave a review

This will close in 0 seconds