एक सय एक किलोको मालाले सिके राउतलाई स्वागत

राम मण्डल
314 पाठक संख्या

जनमत पार्टी नेपालका अध्यक्ष डा. सिके राउतलाई वीरगञ्जमा एक सय एक किलोको मालाले स्वागत गरिएको छ ।

पार्टीको केन्द्रिय कार्य समितिको वीरगञ्जमा शनिबारदेखि शुरु भएको बैठकमा सहभागि हुन वीरगञ्ज आएका डा. राउतलाई यसरी स्वागत गरिएको हो ।

शनिबार र आईतबार गरि दुई दिनसम्म बैठक चल्ने पार्टीका नेताहरुले बताएका छन ।बैठकमा आगामी आन्दोलन,संगठन विस्तार,संगठन सुदृढीकरण,वडा अधिवेशन लगायतका विषयमा छलफल हुने छ ।

बैठकमा पार्टीका अध्यक्ष सिके राउत पनि सहभागी छन ।उनी बैठकमा सहभागी हुनको लागि शुक्रबार नै वीरगञ्ज आएका थिए ।

ययसैबीच बैठकमा भाग लिनको लागि वीरगञ्ज आएका राउतलाई एक सय एक किलोको पूmलको मालाले स्वागत गरिएको छ ।वीरगञ्ज आएका राउतलाई पार्टीका नेता कार्यकर्ताहरुले एक सय एक किलोको माला लगाएर स्वागत गरेका हुन ।

वीरगञ्जको क्लासिक बैंक्वेटमा पार्टीको केन्द्रिय कार्य समितिको बैठक चल्ने पार्टीका पर्साका सह ईन्चार्ज मुकेश द्विबेदीले जानकारी दिए ।

Leave a review