काठमाडौँ : नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि ६ प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरिएको छ ।
गृह मन्त्रालयको आज बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेमा डिआइजीहरु चन्द्रकुवेर खापुङ,लालमणि आचार्य,कृष्णहरि शर्मा पोखरेल,दानबहादुर कार्की,राजन अधिकारी र डा मनोजकुमार केसी हुनुहुन्छ ।
प्रहरी नियमावली २०७१ को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

