कलैया : बाराको कलैयामा रहेको प्रादेशिक अस्पताल कलैयामा कार्यरत बाल रोग विशेषज्ञ डा. रामनिवास प्रसाद साह आफ्नो गल्तीलाई ढाकछोप गर्न अहिले विभिन्न प्रोेप्रोगाण्डामा उत्रिएका छन । डा. साहमाथि सरकारी सेवाको आडमा आफ्नो निजी अस्पतालतर्फ बिरामी धकेल्दै आर्थिक चलखेल गरेको गम्भीर आरोपको प्रमाण सहित संचारमाध्यमा समाचार आएपछि उनी अहिले आफ्नो बचाउका लागि हदैसम्म प्रोपोगाण्डा गर्न व्यस्त छन ।
पीडित परिवारहरूको आरोप अनुसार नै मंगलबार साझेदारी डेलीको अनलाइनमा प्रादेशिक अस्पतालभित्रै ‘सेटिङ’ मिलाएर सुत्केरी जस्ता संवेदनशील बिरामीलाई जानीजानी त्रास देखाइ निजी अस्पताल पुर्याउने काम हुँदै आएको विषयममा समाचार आएको थियो । डा साहले प्रादेशिक अस्पतालमा आउने विरामी र उनका आफ्न्तहरुलाई “ब्लड छैन”, “केस जटिल छ”, “अहिलेै अपरेशन नगरे ज्यान जान सक्छ”—यस्ता मनोवैज्ञानिक दबाब सिर्जना गरी बिरामीलाई विकल्पहीन बनाउने र अन्ततः निजी अस्पतालमा महँगो उपचार गराउने गरिएको दाबी गरिएको छ।
चैत ६ गतेको एउटा घटनाले यस प्रवृत्तिलाई अझ प्रस्ट बनाएको छ। २२ वर्षीया सुत्केरीलाई सामान्य प्रसूति सम्भव हुँदैन भन्दै बारम्बार त्रास देखाइ अन्ततः निजी अस्पतालमा लगेर करिब ३५ हजार रुपैयाँ असुलिएको आरोप छ। आर्थिक अवस्था कमजोर हुँदा नारायणी अस्पताल जान चाहँदा समेत “बाटोमै ज्यान जान सक्छ” भन्दै डर देखाएर बाटैबाट फर्काइएको पीडितको भनाइ थियो।
यति मात्र होइन, केही दिनअघि विष सेवन गरेका एक बालकलाई डा.साहले समेत निजी अस्पतालमै चार दिनसम्म राखी अनावश्यक रूपमा रकम असुलिएको आरोप थपिएको छ। यसले स्वास्थ्य सेवा नभई ‘व्यापार’ चलिरहेको संकेत गरेको स्थानीयको गुनासो छ।
डा.साहले सरकारी अस्पतालमा काम गर्ने र विरामीहरुलाई विभिन्न तरिकाबाट त्रसित बनाएर आफैले कलैयामा संचालन गरेको निजी कलैया सबमेट्रो सिटी हस्पिटलमा विरामीलाई ल्याएर रकम असुल्ने गरेको घटनाहरु संचारमाध्यमा आउन थालेपछि अहिले उनी बचाउमा उत्रिएका हुन ।
घटनालाई लिएर आलोचना चुलिँदै जाँदा डा. साहले केही पत्रकारहलाई राखेर पत्रकार सम्मेलनमार्फत आफूलाई चख्याउने प्रयास गरिरहेका छन । उनले पिडित विरामीका आफन्तहरुलाई समेत “आर्थिक प्रलोभन र प्रभाव” प्रयोग गरी घटनालाई दबाउन र आफ्नो पक्षमा बोल्न तयारी पारेका छन ।
यसैविच डा.साहको हर्कतले प्रादेशिक अस्पताल प्रशासन पनि दबाबमा परेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले घटनाबारे छानबिन भइरहेको बताए पनि जनस्तरमा भने छानबिनको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ।
यसै प्रकरणपछि अस्पतालले कडाइका साथ आचारसंहिता लागू गर्ने भन्दै चेतावनी दिएको छ। अस्पताल परिसरभित्र निजी अस्पताल वा क्लिनिकको प्रचार, सिफारिस वा प्रभाव पार्ने कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारिएको छ।
अस्पताल प्रशासनले यस्ता गतिविधिलाई “गम्भीर अनुशासनहीनता” मात्र नभई दण्डनीय कसूरको रूपमा लिने चेतावनी दिएको छ। जनस्वास्थ्य सेवा ऐन २०७५, स्वास्थ्यकर्मी आचारसंहिता र अन्य कानुनी प्रावधानअनुसार दोषीमाथि कडा कारबाही हुने जनाइएको छ।
यता नेपाल मेडिकल काउन्सिलको आचारसंहितासमेत उल्लंघन भएको आशंका गरिएको छ, जसअनुसार चिकित्सकले आफ्नो पेशागत विवरण व्यावसायिक प्रचारमा प्रयोग गर्न पाउँदैनन्। अस्पताल परिसर वरपर राखिएका निजी स्वास्थ्य संस्थाका साइनबोर्डसमेत ७ दिनभित्र हटाउन निर्देशन दिइएको छ।
यो घटनाले बारावासी पनि स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा ‘डर, दलाली र पैसा’को खेल चलेको कारण स्थानीयमा आक्रोश बढ्दै गएको बताएका छन । अब प्रश्न उठेको छ—के यो घटनाले वास्तविक दोषीलाई कारबाहीसम्म पु¥याउँछ, कि फेरि पनि प्रभाव र पहुँचको आडमा सबै कुरा सामसुम हुन्छ? भन्ने डर रहेको कलैयाका बुद्धिजिवीहरुको भनाई छ ।

