५९औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २०२४” देशभर नारा जुलुस र कोणसभा सहित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा पनि अन्तरक्रिया एवम सार्बजनिक प्रतिबद्धता कार्यक्रम गरी मनाईएको छ ।
बाराको जीतपुरमा बिभिन्न राजनीतिक दलका नेता , बिभिन्न संघ संस्थाहरु र दलित नेताहरु र पत्रकारहरुको उपस्थितीमा अन्तर्राष्ट्रिय जातीय उन्मुलन दिबस मनाइएको छ ।
सो दिवसको अवसरमा जीतपुरको शान्तिटोल खेल मैदानबाट विहीवार प्रभातफेरी ली सुरु भई प्राईम पार्टी प्यालेसमा पुगेर कोण सभामा परिणत भएको थियो ।
आफ्नो कामलाई थाती राखेर हजारौँ दलितहरु आफ्नो मुक्तिको नारा घन्काउँदै सडकमा ओर्लिए। सबैका हातमा ब्यानर थिए ।
ब्यानरमा लेखिएको थियो– “दलित समुदायमाथि हुने सबैखाले विभेदको अन्त्य गर, राज्यका सबै अंगमा दलित समुदायको समाबेशी र समानुपातिक प्रतिधित्वको ब्यबस्था गर, जातीय विभेद गर्नेलाई कडा भन्दा कडा कानुनी सजायको ब्यवस्था गर” लगायत नारा लेखिएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा उक्त कोण सभा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) रहेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै सांसदश्रेष्ठले दलितहरुलाई रोजारीको अवसर सिर्जना गरी उनीहरुको स्थिती मजबुत पार्नुपर्नेमा जोड दिए । प्रतिनिधि सभा सदस्य श्रेष्ठले उत्पीडनमा परेका दलितलाई न्याय दिलाउँन आफु २४ घण्टा तयार रहेको प्रतिबधता ब्यक्त गरे ।
त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकामा परिवर्तन र गणतन्त्रको आन्दोलनको बिचबाट आएका दलहरु नेत्तृत्वमा रहेका कारण उपमहानगरपालिकामा जातीय उन्मुलन सम्भव रहेको बताएका थिए ।
कानुन र संबिधान अनुसार देशमा जाती बिभेदको अन्तय भएको तर ब्यवहारमा अहिले पनि जातीय बिभेद कायमै रहेको भन्दै बिभिन्न घट्ना क्रमले बताएको बताएका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिकामा जातीय बिभेद हटाउँनमा महत्वपुर्ण खेलेको भन्दै बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । जातीय बिभेद हटाउँने कुराको आवाज मसिनो भएको कारण सबै राजनीतिक दल र संघसंस्थाले जोडतोडले हटाउँनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २१ लाई विश्वभरि जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ ।


