प्रशासकीय अधिकृतमाथी मेयर खातुनको शंका,अधिकृत प्रधानले एकलौटी हिड्न खोजेको खातुनको आरोप

साझेदारी दैनिक
343 पाठक संख्या

रौतहटको फतुवा विजयपुर नगरपालिकाका हाकिम र जनप्रतिनिधीबिचको आन्तरिक विवाद र किच्लोका कारण नगरपालिकाका सम्पुर्ण कामकाज पुर्णरूपमा ठ्प्प भएको छ ।

फतुवा विजयपुरका कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानबिच वडाहरुको बजेट सेलिङ् लगाएत विभिन्न विषयमा कुरा नमिल्दा सो पालिकामा आर्थिक कारोवार अझै सुचारु हुन सकेको छैन ।

मेयर खातुन र हाकिम प्रधानबिचको असमझदारि, अविस्वास, खट्पट र मनमुटावका कारण नगरसभा सप्पन्न भएको करिव दुई महिना हुन लागेपनी अझै बिकास बजेट संचालन हुन सकेको छैन भने कर्मचारी र शिक्षकहरु लामोसमय देखि तलव पाउन सकेका छैनन ।

निर्धारित समय भन्दा ८ महिना ढिलो गरि गत फागुन ३ गते नगरसभा सप्पन्न भएपनि हाकिम र मेयरबिचको विवादका कारण पालिकाको खाता अझै सञ्चालन हुन नसक्दा आर्थिक कारोवार पुर्ण रूपमा ठप्प छन ।

खाता नै सञ्चालन हुन नसक्दा कर्मचारी र शिक्षकहरुको बिगत १० महिनाको तलव भुक्तानी रोकिएको छ ।

यता पालिकाले आफुहरुको तलव नदिएको भन्दै नगरपालिका कार्यालय र पालिका भित्रका सम्पुर्ण सरकारी कार्यालयका कर्मचारीहरुले केहिदिन अघि कार्यालयको सम्पुर्ण कामकाज ठप्प पार्दै कार्यालयमा तालाबन्दी गरि अनिश्चितकालिन बन्दड्ताल्मा उत्रिसकेका छन ।

तलव भुक्तानी निकासाको माग गर्दै नगर भित्रका सम्पुर्ण सरकारि कार्यालयका कर्मचारीहरुले पालिका कार्यालय देखि लिएर नगरका सबै सरकारी कार्यालयहरुमा अनिश्चितकालिन तालाबन्दी गरि साँचो प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बुझाइसकेका छन् ।

नगरसभा सम्पन्न भएपनि मेयर अम्बेया खातुनले नगरसभामा पारित गरिएका निर्णयलाई प्रमाणित गर्न न मान्दा कोलनिकाले खाता सञ्चालन गर्ने अख्तियारि नदिदा आर्थिक कारोबार अगाडि बढ्न सकेको छैन जस कारण कर्मचारी र शिक्षकहरु तलव पाउन बाट बन्चित भएका छन भने अर्को तर्फ बिकास निर्माणका काम समेत अगाडि बढन सकेको छैन ।

प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले नगरसभामा भएका निर्णयहरुलाई लत्याउदै आफुखुसी आफ्ना मनोमानी तरिकाले काम गर्न थालेकाले आफुले तत्कालका लागि सबै काम रोकेर राखेको कार्यवाहक मेयर खातुनले बताइन ।

Leave a review

This will close in 0 seconds