मधेस प्रदेशका जिल्लाहरुका किसान अहिले गहुँ काट्नमा ब्यस्त भएका छन ।
खेतमा पाकेको गहुँ काटेर किसानहरु घरमा भित्रयाउनमा ब्यस्त देखिएका हुन् । गहुँ काटनको लागि पर्सा बारासँगै मधेस भरि नै कम्पाईन मेशिनको प्रयोग बढेको छ ।
मेशिनको प्रयोगले एक घण्टामै धेरै गहुँ काटन सकिने भएकाले छिटो छरितोका लागि किसानहरु कम्पाईन मेशिनको प्रयोग गरिरहेका छन् ।
यसका साथै गाउँघरमा खेतमा काम गर्ने मजदुरहरु समेत पाउन मुश्किल पर्ने गरेकाले किसानहरु मेशिनको प्रयोग गर्न थालेका हुन् ।
खेतमा काम गर्ने खेताला पाउन मुश्किल हुने र पाएपनि गहुँ काटनमा समय लाग्ने गरेको छ । यसैले छिटो छरितो रुपमा गहुँ काटनको लागि कम्पाईन मेशिनको प्रयोग गर्नु परेको पर्साको पटेर्वा सुगौलीका किसान जगत नारायण पञ्जियारले साझेदारी दैनिकलाई बताए ।
बढदो प्रबिधीको युगमा अहिले खेतीपातीका लागि बिभिन्न मेशिनहरु प्रयोग गर्दै आएका छन् ।कम्पाईन मेशिनले गहुँ काटदा एकछिन मै गहुँ काटेर तयारी अवस्थामा भित्राउनको लागि तयार गरिदिने भएकाले किसानहरु यसको प्रयोगमा आकर्षित भएको पञ्जियारले बताए ।
अहिले गहुँ काटनको लागि भारतको पञ्जाबमा बनाइएको कम्पाईन मेशिनहरु पर्सा बारासँगै मधेस प्रदेश भरि नै प्रयोग हुने गरेको छ ।
उक्त मेशिन चलाउनको लागि तथा बिग्रेको खण्डमा मरम्मत गर्नको लागि पनि नेपालमा जनशक्ति छैन ।
भारतबाट नै जनशक्ति ल्याउने गरेको कम्पाईन मेशनि खरिद गरेका वीरगञ्ज महानगरपालिकाका किसान देवकुमार गुप्ताले साझेदारी दैनिकलाई बताए ।

