सिमरा खानेपानीद्वारा सामाजिक सेवा अन्तर्गत सहयोग

साझेदारी दैनिक
साझेदारी दैनिक 76 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सामाजिक सेवा अन्तरगत सहयोग गरेको छ ।

समितिले मंगलवार विद्यालयलाई पङ्खा सहयोग गरेको छ भने र गुम्बालाई शौचालय निर्माणका लागि एक लाखको नगद सहयोग हस्तान्तरण गरेको हो ।

खानेपानी समितिले लोकतन्त्र दिवसको अवसरमा उक्त सहयोग गरेको हो । समितिले १८ औं लोकतन्त्र दिवसको अवसरमा जीतपुरसिरमा उपमहानगरपालिका–३,नरवस्ती स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई पाँच थान पङ्खा सहयोग गरेको छ ।

यस्तै जीतपुरसिमरा उपमहानगरपालिका–१,सिमरा स्थित रहेको टासी देछेन लिङ विश्वशान्ति बौद्ध गुम्बालाई पनि खानेपानी समितिले एक लाख १ हजार रुपैयाको चेक हस्तान्तरण गरेको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष कासिम हुसेनले मंगलवार बौद्ध गुम्बा संचालक समितिका अध्यक्ष राजकुमार लामालाई रु एक लाखको चेक हस्तान्तरण गर्नुभएको छ भने विद्यालयमा नै गएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद बस्नेतलाई पङ्खा हस्तान्तरण गर्नुभएको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review