बारा प्रहरीले एक लाख ४० हजार बराबरको अवैध कुखुरा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी कियुआरटी टोलिले बुधबार बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ जीतपुर केरा ढोका स्थित भारतबाट अबैध रूपमा भन्सार छली गरी ल्याउदै कुखुरा बरामद गरेको हो ।
उक्त बरामद गरेको ९४ पिस कुखुरा एक लाख ४० हजार रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
कुखुरालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी क्वारेन्टाईन पथलैया बारामा पठाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

