नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा थापा विजयी

साझेदारी दैनिक
304 पाठक संख्या

कलैया : नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् ।

इटहरीमा भएको नेपाल जेसिजको ५१ औ महाधिवेशनमा भएको निर्वाचनमा थापा विजयी भएकी हुन । उनि ७ सय ६२ मतसहित निर्वाचित भएकी छिन् ।

उनको निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४ सय ५३ मत ल्याई पराजित भएका छन् ।

महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति जुट्न सकेको थिएन ।

अध्यक्षमा ५ जनाको आकाङ्क्षा भए पनि गएराती २ जनाका बिचमा चुनावी प्रतिस्पर्धा भएको थियो ।

Leave a review