विद्युतीय मोटर चोरी गर्ने दुई जना बारा प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 134 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा प्रहरीले विद्युतीय मोटर चोरी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ ।

चैत २५ गते रातीको समयमा जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १६ मझौलिया बस्ने लक्ष्मी महतो कोईरीले संचालन गरेको माछा पोखरीबाट पानी तान्ने विद्युतीय मोटर चोरी भएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुनासाथ उक्त मोटर खोज तलास गरी दुई जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा बाराको कलैया उप–महानगरपालिका वडा नम्बर १६ मझौलिया बस्ने अन्दाजी ३३ वर्षीय बिजय महतो कोईरी र सोही ठाँउमा बस्ने अन्दाजी २४ वर्षीय मुस्कान अंसारी रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट पानी तान्ने २ हर्ष पावरको विद्युतीय मोटर एक थान प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई समेत नियन्त्रणमा लिई चोरी मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review